- संगालोखबर सम्वाददाता

धनकुटा । पुरुष बिरामीमाथि यौन हिंसा गरेको आरोपमा प्रहरीले धनकुटामा कार्यरत एक डाक्टरलाई सोमबार पक्राउ गरेको छ । उपचारका लागि आएका पाख्रीवासका ५३ बर्षीय पुरुषमाथि यौन हिंसा गरेको आरोपमा प्रहरीले धनकुटा–७ स्थित एक निजी क्लिनिकका डाक्टर राज शर्मालाई पक्राउ गरेको हो ।

Advertisement

पिसाब सम्बन्धि समस्याका कारण उनी उपचारका लागि आएका थिए । आइतवार राती करिब साँढे १० बजे डा.शर्माले ती विरामीलाई अप्राकृतिक मैथुन गराएको आरोप छ । साथीको जन्मदिनको पार्टीमा माधक पदार्थ सेवन गरेर आएका डा.शर्माले विरामीलाई अप्राकृतिक मैथुन गराएको बताइएको छ । विरामीले उजुरी दिएपछि डाक्टरलाई पक्राउ गरिएको धनकुटाका प्रहरी प्रवक्ता डिएस्पी दिपक कुमार रायले बताए । ‘मातेर आएका डाक्टरले आफ्नो मुखमा ४/५ मिनेटसम्म अप्राकृतिक मैथुन गराएको भनेर विरामीले भनेका छन् । हामीले डाक्टरलाई पक्राउ गरेर अनुसन्धान गर्दैछौ,’ डिएसपी रायले भने, ‘घटना सुन्दै अनौठो छ, यसको वास्तविकता पत्ता लगाउँन अनुसन्धान अघि बढाएका छौ ।’

बिहान करिब ५ बजे नै ती विरामीले प्रहरीमा मौखिक जानकारी दिएका थिए । त्यसपछि प्रहरीले डा.शर्मालाई पक्राउ गरेर अनुसन्धान थालेको हो । विराटनगर घर भएका डा.शर्मा केही बर्षदेखि धनकुटामा कार्यरत थिए । उनी विवाहित हुन् । यता, विरामी पुरुष पनि विवाहित हुन् । दुवै जनाका श्रीमतिसहित सन्तान पनि छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!