संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका–३ स्थित नयाँ बस्ती भिरबाट लड्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भोजपुर नगरपालिका–२ का ५२ बर्षीय खड्गबहादुर गुरुङ छन् ।
उनी सोही स्थानमा निर्माणाधिन अरुण तेस्रो जलबिद्युत आयोजनाको रोयल हाईड्रो कम्पनीमा कार्यरत थिए ।
शनिबार हेदाङना बजार गएर बेलुका फर्केने क्रममा बाटोमा रहेको भिरबाट लड्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भिरबाट करिब ७० मिटर तल झरेको अवस्थामा आज बिहान करिब ११ बजे उनको शव भेटिएको हो ।
















