संगालोखबर सम्वाददाता

धनकुटा । अंग्रेजी नयाँ वर्ष २०२४ सुरुवातको अवसर पारेर धनकुटाको भेडेटारमा भोलिबाट सुरु हुन लागेको ११ औं फुड फेस्टिभलको तयारी पुरा भएको छ । होटल एशोसिएसन भेडेटारले पुस १५ देखि १७ गतेसम्म फुड फेस्टिभल अर्थात खाना महोत्सव गर्न लागेको हो ।

Advertisement

कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री गणेशप्रसाद उप्रेतीले आइतबार ११ बजे फेस्टिभल उद्घाटन गर्ने कार्यक्रम तय गरिएको आयोजक होटल एशोसिएसन भेडेटारका अध्यक्ष तुमराज लिम्बूले जानकारी दिए । उनका अनुसार फेस्टिभलको अन्य सबै तयारी पुरा भएको छ । फेस्टिभलका लागि भेडेटार चोकमा १५ वटा स्टल निर्माण गरिएको छ । स्टल निर्माणको काम पनि सकिएको छ । फेस्टिभलका लागि तोरण टाँगेर भेडेटार चोक सिँगारिएको छ ।

फेस्टिभलमा स्थानीय खानाका परिवार, अर्गानिक तरकारी तथा फलफूल, हस्तकला, कृषि तथा घरेलु सामाग्री बिक्री तथा प्रदर्शनीमा राखिनेछ । ३० हजार भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउँने लक्ष्य राखिएको फेस्टिभलमा एक करोड बराबरको आर्थिक कारोबार हुने आयोजकको अनुमान छ ।

पूर्वी नेपालको प्रमुख पर्यटकीय स्थल भेडेटारमा अंग्रेजी नयाँ वर्षको अवसरमा हरेक वर्ष फेस्टिभल गरिदै आएको छ ।

 

यसअघि प्रकाशित…

भेडेटारमा ११ औं फुड फेस्टिभल हुने 

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!