संगालोखबर सम्बाददाता

विराटनगर । विराटनगरको तनस्का फेसन स्टुडियोकी सञ्चालक बनिसा शर्मा कटेलसहित छ जना युवा उद्यमी सम्मानित भएका छन् । विराटनगरबाट प्रकाशित न्यू सृष्टि दैनिकले १३ औं वार्षिकोत्सवको अवसर पारेर शुक्रबार युवा उद्यमीहरूलाई सम्मानित गरेको हो ।

Advertisement

भारतमा फेसन डिजाइन अध्ययन गरेर आएकी बनिसाले विराटनगरको पिपलचोकमा तनस्का फेसन स्टुडियो सञ्चालन गर्दै आएकी छन् । तनस्का, फेसन डिजाइनरले सञ्चालन गरेको कोशी प्रदेशको पहिलो फेसन स्टुडियो पनि हो ।

वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी र कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले युवा उद्यमी कटेललाई दोसल्ला ओढाएर युवा उद्यमशीलता अवार्ड प्रदान गरी सम्मानित गरे ।

कार्यक्रममा युवा उद्यमीहरू आशिष जाजु, प्रतीक राउत, विपिन काबरा र साकेत राठीलाई पनि युवा उद्यमशीलता अवार्ड प्रदान गरियो । युवा परिचालन र सामाजिक कार्यतर्फ कपिल सुनारलाई सम्मान गरियो ।

युवाहरू विदेश पलायन भइरहेका बेला नेपालमै बसेर उद्यम व्यवसायमा सक्रिय रहेकाले प्रोत्साहन स्वरुप युवा उद्यमीहरूलाई अवार्ड प्रदान गरिएको न्यू सृष्टि दैनिकले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!