संगालोखबर सम्वाददाता

विराटनगर । विराटनगरमा किशोरीहरुका लागि आत्मरक्षा सम्बन्धी प्रशिक्षण सुरु गरिएको छ । विराटनगर महानगरपालिकाले किशोरीहरूका लागि ‘सेल्फ डिफेन्स’ सम्बन्धी तीन दिने तालिम आयोजना गरेको हो ।

Advertisement

विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीले तालिम उद्घाटन गरेकी छन् । कार्यक्रमलाई सम्बोधन गर्दै उपमेयर कार्कीले आत्मरक्षा तालिम लिएपछि किशोरीहरूमा आत्मविश्वास बढ्नुका साथै यौनजन्य हिंसाबाट बच्न सजिलो हुने धारणा राखिन् ।

विराटनगरलाई तीन खण्डमा विभाजन गरेर तालिम दिइनेछ । उत्तरमा पोखरिया, मध्य क्षेत्रको आदर्श र दक्षिणी क्षेत्रको मिल्स माविलाई केन्द्र बनाएर तालिम दिइने महानगरको शैक्षिक प्रशासन महाशाखाकी अधिकृत तारा शर्माले जानकारी दिइन् । तालिममा सामुदायिक, संस्थागत र धार्मिक ६० विद्यालयमा अध्ययनरत किशोरीहरू सहभागी छन् ।

६ देखि १२ कक्षासम्म अध्ययनरत १५५ जना किशोरीहरू तालिममा सहभागि भएका हुन् ।

उनीहरूलाई मार्सल आर्टसका प्रशिक्षकसहित विषयविज्ञहरुले बालअधिकार, युद्धजन्य हिंसा, हेपाई, तनाव, मार्सल आर्टसका विधिहरुका विषयमा तालिम दिने महानगरपालिकाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!