हतियारका धनी गाउँपालिका अध्यक्ष उम्मेदवार
सप्तरी , १ अशोज । तस्बिरमा हतियारसहित देखिएका व्यक्ति कुनै अपराधी होइनन् । राष्ट्रिय जनता पार्टी (राजपा)को तर्फबाट सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको अध्यक्ष उम्मेद्वार सतिषकुमार सिंह हुन् ।
उनले लामो समयदेखि इजाजत लिएर हतियार राख्दै आएका छन् । उनले यसअघि हतियार राखेको विषयमा चर्चा नभए पनि सोमबार चुनाव हुने भएपछि उनको चर्चा चुलिएको छ ।
प्रदेश नम्बर २ मा असोज २ गते अर्थात् सोमबार हुन गइरहेक...






















