- संगालोखबर सम्वाददाता

धनकुटा, १ असोज । ब्वाईज यूनियन काठमाण्डौंले धनकुटामा सञ्चालित १३ औं शहीद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटवल प्रतियोगिताको उपाधि हात परेको छ ।

स्थानीय तल्लो टुडिखेलमा आइतबार भएको फाईनल खेलमा विर्ता यूनाईटेड झापालाई ट्राईवेकर मार्फत ३–२ गोल अन्तरले पराजित गर्दै ब्वाईज यूनियनले उपाधि जितेको हो ।

Advertisement
विजेता टिमलाई पुरस्कार प्रदान गरिदै । तस्वीर:देवकला कार्की/संगालोखबर

ब्वाईज यूनियनलाई जित दिलाउँन जय गुरुङ, आषिक थापा मगर र सेन्डिक गुरुङले गोल गरे । यता विर्ता यूनाईटेडका सुमिन मैनाली र योगेश गुरुङले गोल गरे ।

खेलको निर्धारित समयमा २–२ गोलको वरावरी भएपछि ट्राईवेकर मार्फत खेल टुंगाईएको हो । खेलको पहिलो हाप गोलरहित वरावरीमा टुंगिएको भएपनि दोस्रो हापको पाँचौ मिनेटमा ब्वाईज यूनियनका अविशेक लिम्बुले हेड गोल गर्दै टिमको खाता खोलेका थिए ।

त्यसपश्चात दोस्रो हापको ३१ र ३२ मिनेटमा विर्ता यूनाईटेडका कर्ण लिम्बुले लगातार दुई गोल गरे । लगत्तै ब्वाईज यूनियनका अशिक थापा मगरले गोल फर्काउँदा २–२ को वरावरीमा समय सकिएपछि ट्राईवेकरबाट खेल टुंगाईएको हो ।

ब्वाईज यूनियन र विर्ता यूनाईडेटवीचको फाईनल खेलमा गोल गर्न खोज्दै खेलाडीहरु । तस्वीर:संगालोखबर

बिजेता ब्वाईज यूनियनले १ लाख नगद र गोल्डकप हात पारेको छ भने उप–बिजेता विर्ता यूनाईटेडले ५० हजार नगदमा चित्त बुझाएको छ ।

फाईनल खेलको म्यान अफ दी म्याच विर्ता यूनाईटेडका कर्ण लिम्बु घोषित भए । त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी ब्वाईज यूनियनका नाईजेरियन खेलाडी कोन घोषित भएका छन ।

गोल्डकपको उत्कृष्ट समाचार सम्प्रेषण गरेको भन्दै संगालोकर्मी रविन कटेललाई पुरस्कृत गर्दै प्रमुख जिल्ला अधिकारी । तस्वीर:संगालोखबर

प्रतियोगिताको उत्कृष्ट समाचार सम्प्रेषण गरेको भन्दै संगालोखबरका प्रधान सम्पादक रबिन कटेलसहित दुई पत्रकारलाई पुरस्कृत पनि गरिएको छ ।

यो पनि हेर्नुहोस्….

संगालोखबरका प्रधान सम्पादक कटेलसहित दुई पत्रकार पुरस्कृत

फाईनल खेलको भिडियो हेर्नुहोस्…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!