- संगालोखबर सम्वाददाता

धनकुटा, ३१ भदौ । धनकुटामा आज भीमनारायण गोल्डकप आयोजक समिति र पत्रकारहरुवीच मैत्रीपूर्ण फुटवल खेल खेलिएको छ । स्थानीय टुडिखेलमा अपरान्ह भएको खेलमा ६–३ गोल अन्तरले गोल्डकप आयोजक टिम बिजयी भएको छ ।

पत्रकार र भीमनारायण गोल्डकप आयोजकवीच भएको मैत्रीपूर्ण फुटवल ।

मध्यान्तरअघि गोल्डकप आयोजक टिमले ४–० ले अग्रता लिएको थियो । मध्यान्तरपछि पत्रकारको टिमले ३ गोल र आयोजक टिमले २ गोल गरेको हो ।

Advertisement

खेलमा आयोजक टिमको तर्फबाट गोल्डकपका संरक्षक एवं सांसद मनोहर नारायण श्रेष्ठ, भीमनारायण गोल्डकप आयोजक समिति संयोजक सम्भु प्रधान लगायत सहभागि थिए ।

मैत्रीपूर्ण फुटवलमा सहभागि भीमनारायण गोल्डकप आयोजक टिम ।

त्यस्तै पत्रकारको टिममा पत्रकार महासंघका जिल्ला अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठ, उपाध्यक्ष नगेन्द्र राई लगायत पत्रकारहरु सहभागि थिए ।

मैत्रीपूर्ण फुटवलमा सहभागि पत्रकारहरुको टिम ।

भीमनारायण गोल्डकप आयोजक समिति संयोजक प्रधान र पत्रकार महासंघका अध्यक्ष श्रेष्ठले हार–जितको हिसावले नभई शारीरिक रुपमा कसरत हुँने र सम्बन्ध थप सुमधुर बन्ने भएकाले मैत्रीपूर्ण फुटवल खेलिएको प्रतिक्रिया दिएका छन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!