संगालोखबर संवाददाता

धनकुटा, १ असोज । धनकुटामा सञ्चालित १३ औं शहीद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटवल प्रतियोगिताको उत्कृष्ट समाचार सम्प्रेषण गरेको भन्दै संगालोखबरका प्रधान सम्पादक रबिन कटेलसहित दुई पत्रकारलाई पुरस्कृत गरिएको छ ।

प्रतियोगिताभर उत्कृष्ट समाचार सम्प्रेषण गरेर योगदान पुर्याएको भन्दै आयोजकले संगालोखबरका प्रधान सम्पादक एवं प्रबन्ध निर्देशक कटेल र अन्नपुर्ण पोष्टका सम्वाददाता हरिबहादुर लम्जेललाई पुरस्कृत गरेको हो ।

Advertisement
गोल्डकपको उत्कृष्ट समाचार सम्प्रेषण गरेको भन्दै संगालोकर्मी रविन कटेललाई पुरस्कृत गर्दै प्रमुख जिल्ला अधिकारी । तस्वीर:संगालोखबर

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले नगद २ हजार ५ सय र प्रमाणपत्र प्रदान गरी पुरस्कृत गरेका थिए । गत मंगलबार सुरु भएको प्रतियोगिता आइतबार सम्पन्न भएको हो ।

भीमनारायण गोल्डकपको अफिसियल मिडियाको रुपमा रहेको संगालोखबरले प्रतियोगिता अवधिभर गोल्डकपका एक दर्जनबढी समाचार सम्प्रेषण गरेको छ । त्यस्तैगरी हरेक दिनको खेलको भिडियोसमेत संगालोखबरले प्रकाशन गरेको छ ।

यो पनि हेर्नुहोस्….

ब्वाईज यूनियनलाई भीमनारायण गोल्डकपको उपाधि (भिडियोसहित)

फाईनल खेलको भिडियो हेर्नुहोस्…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement