मोरङ, १ अशोज । बिराटनगरसँगै रहको जोगबनी नाकामा पछिल्लो समय अबैध सामान ओसारपसारमा अपाङ्गता भएका व्यक्तिको सख्या बढेको छ ।

Advertisement

अपाङ्गता भएकालाई दयाभावको बहानामा भन्सार चेकजाँच फितलो बनाउँदा अवैध ओसारपसारमा उनीहरुको संख्या बढ्न पुगेको हो ।

उनीहरुले बिराटनगर भन्सारको यात्रु शाखामार्फत न्युन राजस्व तिरेर अधिक समान ट्राइसाइकलमा भन्सार पास गराउने गर्दछन् ।

तीन बर्षदेखी ओसारपसारमा संलग्न बिराटनगर १८ का ३० बर्षिय राजु मण्डलले कहिले आफै खरिद गरेर त कहिले साहुको समान ओसारपसार गर्ने गरेको बताए ।

८ बर्षदेखि ओसारपसारमा सक्रृय बिराटनगर ६ का ३७ बर्षिय मुजहरी अन्सारीले साहुको अर्डर अनुसार बस्तु ल्याइदिने गरेको स्वीकारे ।

अपाङगता भएका व्यक्तिहरुको रोजगारको बहाना बनाउँदै भन्सार यात्रु शाखामा बसेका  कर्मचारी र चेकजाँचमा बसेका  कर्मचारीले पनि उनीहरुलाई नदेखेझै गरि अबैध ओसारपसारलाई  प्रोत्साहन दिने गरेको प्रत्यक्षदर्शिहरुले बताएका छन् । बुझिएअनुसार यो नाकामा हाल २४ जना अपांङगता भएका व्यक्तिहरु प्रत्यक्षरुपमा ओसारपसारमा संलग्न छन् ।

उनिहरुले खाद्यान्न, भाँडाकुँडा, लत्ताकपडा, ईलेक्ट्रिक सामान, रजनीगन्धा, औषधी  लगायतका सामान ओसारसार गरेर

व्यपारीसम्म पुरयाउँछन् । भन्सारका एक प्रत्यक्षदर्शी भन्छन् ‘चार सयको राजस्व तिरेभने चार हजारको समान लैजान्छन् ।’

प्रहरीले उनीहरुलाई नियन्त्रण गर्ने प्रयास गरेपनि सफल नभएको बताएको छ । मोरङका एसपी अरुणकुमार बिसीले अपाङगता भएका व्यक्तिहरुलाई अबैध ओसारपसारमा नियन्त्रण गर्न कडाई गर्न थालेपछि संघसंस्थाहरु नै प्रशासनमा डेलिगेसन आएको बताए ।

उनले फरक क्षमता भएकाहरुको गरिखाने अधिकार खोसेको भन्दै विरोधप्रर्दशन गरेकोले निरुत्साहित गर्ने काम चुनौतीपुर्ण भएको पनि बताए ।

भने, ‘ राज्यले फरक क्षमता भएकाहरुलाई बिशेष अधिकार दिएपनि गैरकानुनी कामका लागि हैन त्यसकारण भन्सार छली जस्तो कार्यमा प्रोत्साहन गर्ने काम कसैबाट पनि हुनुहुँदैन’

को को छन् ओसारपसारमा संलग्न ?
प्रहरीका अनुसार बिराटनगर सुडी टोलका दाहिने हात नभएका ५१ बर्षे राजबिक्रम  शाह ५ बर्षदेखी ओसारपसारमा संलग्न छन् । देब्रे खुट्टा अपाङगता भएका  बिराटनगर  पाञ्चालीका  ४० बर्षे पवन शाह पनि ४ बर्षदेखी यसैमा सक्रिय छन् ।

त्यस्तै जहदा गापाका २५ बर्षिय मिथिलेस राजभर, बुढीगंगा गापा ७ का ४० बर्षिय हिरालाल बिश्वास, बेलबारी नपाका ३४ बर्षीय प्रकाश धिमाल, बिराटनगर ५ का २६ बर्षिय मोहम्मद कलाम, बिराटनगर १८ का २५ बर्षिय जयकुमार मण्डल, बुधनगरका १५ बर्षिय अमलेशकुमार मण्डल, बिराटनगरकै २८ बर्षिय अरुण शाह, मुजहरि अन्सारी, रंगेली नपा १० की २५ बर्षिय सुनिता पासवान, बिराटनगरकै राजु मण्डल,  जयकुमार मण्डल, किसन मण्डल, संजयकुमार थापा, राजशर्मा ,  रामकुमार सहनी मोहम्द कलाम , जहदा गापाका मुलचन्द मण्डल, ग्रामथान गापा झोराहाटका सुनिल सरकार, बिराटनर रानीका हृदयनन्द यादब , बिराटनगर बैजनाथपुरका रुपेशकुमार मण्डल, बिराटनगर पिचराका सन्तोष मुखिया,  लगायत छन् ।-राताेपाटी

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!