भोजपुर , १ अशोज । भोजपुरमा अन्तरजातिय विवाह गर्नेलाई सम्मान गरिएको छ । दलित विकास समिति गोगनेले दलित र गैरहदलित सयुदायको अन्तरजातिय विवाह गर्ने सात जोडिलाई सम्मान गरेको हो ।

Advertisement

त्यस्तै दलित बिकास समितिमा रहेर विभिन्न समयमा काम गरेका पदाधिकारी चार जनालाई र २०४३ को पञ्चायतको निर्बाचनमा गोगनेको उपप्रधानपञ्चमा निर्वा्चित भएका स्वर्गीय लिलाधर दर्जीलाई मरणोपरान्त सम्मान गरिएको छ ।

त्यसैगरि २०५३ सालमा गोगनेमा रहेको शिवालय मन्दिरमा दलित समुदायले पनि प्रवेश गरि पुजा गर्न पाउनुपर्छ भन्दै सङ्घर्ष गरेका दलित व्यक्तित्व चन्द्र विश्वकर्मा , पर्शुराम विश्वकर्मा, र दिव्यराज विश्वकर्मालाई सम्मान गरिएको छ ।

विद्येश्वर माविको प्राङ्गणमा भएको कार्यक्रममा ट्याम्केमैयुङ गाउँपालिका ८ गोगनेका वडाध्यक्ष कृष्ण बाँनिया प्रमुख अतिथि रहेका थिए भने दलित मुक्ति मोर्चाका केन्द्रीय सचिवालय सदस्य खड्ग सुन्चेउरी विशेष अतिथि थिए । सम्मानित व्यक्तित्वलाई दोसल्ला र सम्मानपत्र प्रदान गरिएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!