- संगालोखबर सम्वाददाता

धनकुटा, २९ भदौ । वेलवारी एफसी मोरङलाई पराजित गर्दै ब्वाईज यूनियन धनकुटामा जारी १३ औं सहीद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटवल प्रतियोगिताको फाईनल प्रवेश गरेको छ ।

स्थानीय टुडिखेलमा आज भएको पहिलो सेमिफाईनल खेलमा वेलवारी एफसीलाई १–० गोलले पराजित गर्दै ब्वाईज यूनियन काठमाण्डौले फाईनलको यात्रा सुरक्षित गरेको हो ।

Advertisement
बल नियन्त्रण गर्दै ब्वाईज यूनियनका खेलडी । तस्वीर: देवकला कार्की/संगालोखबर

खेल सुरुवातको चौथो मिनेटमा ब्वाईज यूनियनका नाईजेरियन खेलाडी अवुबाकोनले गोल गरेका थिए । उनको त्यही गोलनै ब्वाईज यूनियनलाई फाईनल पुर्याउँन निर्णायक बन्यो ।

दुवै टिमले प्रतिस्प्रधात्मक खेल प्रस्तुत गरेको भएपनि थप गोल हुन सकेन ।

ब्वाईज यूनियन र वेलवारी एफसीवीचको खेल । तस्वीर: देवकला कार्की/संगालोखबर

आजको खेलको म्यान आफदी म्याच  निर्णायक गोलकर्ता अवुबाकोन घोषित हुँदै २ हजार ५ सय नगद पुरस्कार पाएका छन ।

भालीको दोस्रो अर्थात अन्तिम सेमिफाईनल खेल साविक बिजेता फ्यान्स क्लव बिआरसी भुटान र विर्ता युनाईटेड झापा वीच हुने आयोजकले जनाएको छ । गत मंगलबारबाट सुरु भएको प्रतियोगिता शनिवार सम्पन्न हुनेछ ।

खेलको भिडियो हेर्नुहोस्..

खेल जारी रहदा संगालोखबरले गरेको लाईभ हेर्नुहोस्…

 

यसअघि प्रकाशित भीमनारायण गोल्डकपका समाचारहरु हेर्नुहोस्…

 

आज पहिलो सेमिफाईनल खेल, फाईनल प्रवेशका लागि ब्वाईज यूनियन र वेलवारी एफसी भिड्दै

 

भीमनारायण गोल्डकप: गोधुलीलाई ट्राईवेकरमा हराउँदै विर्ता यूनाईटेड सेमिफाईनलमा (भिडियोसहित)

 

सेमिफाईनलका लागि आज झापा र सुनसरी भिड्दै  

 

भीमनारायण गोल्डकप: धनकुटालाई घरेलु मैदानमा हराउँदै मोरङको बिजयी सुरुवात (भिडियोसहित)

 

आजदेखि भीमनारायण गोल्डकपः उद्घाटन खेलमा धनकुटा र मोरङ भिड्दै

 

धनकुटामा भोलिदेखि भीमनारायण गोल्डकप

 

धनकुटामा भदौ अन्तिम साता भीमनारायण गोल्डकप

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!