विराटनगर , ३१ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले राज्यका अंगलाई आफ्नो अनुकूलतामा हिँडाइ रहेको आरोप लगाएका छन् ।

Advertisement

विराटनगर विमानस्थलमा आज मध्याह्न पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै प्रदेश नं २ मा निर्वाचन आयोगको उपस्थित कमजोर देखिएको आरोप लगाए ।

उनले मुलुकमा भ्रष्टाचार बढेको आरोप लगाउँदै भ्रष्टाचारको विषयमा सञ्चारकर्मीलाई आवाज उठाउन आग्रह गरे ।

नेपाल आयल निगमको जग्गा खरिद प्रकरणको विषयमा एमालेले मौनता साधेको सम्बन्धमा पत्रकारको जिज्ञासामा उनले भ्रष्टाचारको विषयमा एमाले मौनता साध्दैन् र भ्रष्टाचार भएको छ भने मतियार पनि नहुने स्पष्ट पारे ।

उनी सुनसरीको दुहवीमा आयोजित पार्टीको कार्यक्रममा सहभागी हुन आएका हुन् । रासस

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!