- संगालोखबर सम्वाददाता

धनकुटा, ३० भदौ । साविक बिजेता फ्यान्स क्लव विआरसी भुटानलाई पराजित गर्दै झापाको विर्ता यूनाईटेड धनकुटामा जारी १३ औं शहीद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटवल प्रतियोगिताको फाईनल प्रवेश गरेको छ ।

शुक्रवार भएको दोस्रो सेमिफाईनलमा साविक बिजेता भुटानलाई ४–० गोलले हराउँदै झापा फाईनल पुगेको हो । खेल सुरुवातको २० औं मिनेटमा झापाका खमिर गिन्सन कन्दङ्वाले गोल गर्दै टिमको खाता खोले ।

Advertisement

३४ औं मिनेटमा योगेश गुरुङले पुनः गोल थप्दै मध्यान्तरअघि झापालाई २–० ले अग्रता दिलाए । खेलको ५१ औं मिनेटमा झापाका कर्ण लिम्बुले गोल थपे ।

विर्ता यूनाईटेड झापा र विआरसी भुटानवीचको खेल । तस्वीर: देवकला कार्की/संगालोखबर

७३ औं मिनेटमा बुद्ध चेम्जोङले ‘हेड’ गोल गर्दै झापालाई ४–० ले बिजयी गराएका हुन । राम्रो खेल प्रस्तुत गरेको भएपनि गोल गर्न नसक्दा पाहुना टिम साविक बिजेता भुटान सेमिफाईनलबाटै बाहिरिएको छ ।

खेलको म्यान अफ दी म्याच विर्ता यूनाईडेटका टिम क्याप्टेन योगेश गुरुङ घोषित भएका छन । बिजेता झापाले उपाधीका लागि ब्वाईज यूनियन काठमाण्डौंसँग फाईनल खेल खेल्नेछ ।

फ्यान्स क्लव विआरसी भुटान र विर्ता यूनाईडेट झापावीचको खेल हेर्नुहोस्…

भीमनारायण गोल्डकपको फाईनल खेल सर्यो, यस्तो छ कारण

यसअघि प्रकाशित भीमनारायण गोल्डकपका समाचारहरु हेर्नुहोस्…

 

भीमनारायण गोल्डकपको फाईनलका लागि झापा र भुटान भिड्दै  

 

भीमनारायण गोल्डकपः वेलवारीलाई हराउँदै ब्वाईज यूनियन फाईनलमा (भिडियोसहित)

 

आज पहिलो सेमिफाईनल खेल, फाईनल प्रवेशका लागि ब्वाईज यूनियन र वेलवारी एफसी भिड्दै

 

भीमनारायण गोल्डकप: गोधुलीलाई ट्राईवेकरमा हराउँदै विर्ता यूनाईटेड सेमिफाईनलमा (भिडियोसहित)

 

सेमिफाईनलका लागि आज झापा र सुनसरी भिड्दै  

 

भीमनारायण गोल्डकप: धनकुटालाई घरेलु मैदानमा हराउँदै मोरङको बिजयी सुरुवात (भिडियोसहित)

 

आजदेखि भीमनारायण गोल्डकपः उद्घाटन खेलमा धनकुटा र मोरङ भिड्दै

 

धनकुटामा भोलिदेखि भीमनारायण गोल्डकप

 

धनकुटामा भदौ अन्तिम साता भीमनारायण गोल्डकप

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!