धनकुटा, १ असोज । धनकुटामा जारी १३ औं शहीद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटवल प्रतियोगिताको आज फाईनल खेल हुँदैछ ।

Advertisement

स्थानीय टुडिखेलमा अपरान्ह हुँने फाईनलमा गोल्डकपको उपाधीका लागि ब्वाईज यूनियन काठमाण्डौं र विर्ता यूनाईटेड झापा आम्नेसाम्ने हुँदैछन ।

क्वाटर फाईनलमा गोधुली क्लव सुनसरीलाई ट्राईवेकर मार्फत ४–१ गोल अन्तरले पराजित गर्दै र सेमिफाईनलमा साविक बिजेता फ्यान्स क्लव बिआरसी भुटानलाई ४–० गोलले हराउँदै विर्ता यूनाईटेड फाईनल पुगेको हो ।

यता ‘वाई’ पाएको ब्वाईज यूनियनले वेलवारी एफसी मोरङलाई सेमिफाईनलमा १–० गोलले हराउँदै फाईनल प्रवेश गरेको हो ।

गत मंगलबारबाट सुरु भएको प्रतियोगितामा ६ टिम मात्र सहभागि भएपछि ब्वाईज यूनियनले ‘वाई’ पाउँदै सिधै सेमिफाईनल खेल्ने मौका पाएको थियो ।

उपाधी बिजेताले १ लाख र उप–बिजेताले ५० हजार नगद पाउँने प्रतियोगिता प्रचार बिभाग प्रमुख विदुर खवासले जानकारी दिएका छन ।

 

यसअघि प्रकाशित भीमनारायण गोल्डकपका समाचारहरु हेर्नुहोस्, समाचार हेर्न शिर्षकमा क्लिक गर्नुहोला…

 

भीमनारायण गोल्डकपको फाईनल खेल सर्यो, यस्तो छ कारण

 

भीमनारायण गोल्डकप: साविक विजेता भुटानलाई हराउँदै झापा फाईनलमा (भिडियोसहित)

 

भीमनारायण गोल्डकपको फाईनलका लागि झापा र भुटान भिड्दै  

 

भीमनारायण गोल्डकपः वेलवारीलाई हराउँदै ब्वाईज यूनियन फाईनलमा (भिडियोसहित)

 

आज पहिलो सेमिफाईनल खेल, फाईनल प्रवेशका लागि ब्वाईज यूनियन र वेलवारी एफसी भिड्दै

 

भीमनारायण गोल्डकप: गोधुलीलाई ट्राईवेकरमा हराउँदै विर्ता यूनाईटेड सेमिफाईनलमा (भिडियोसहित)

 

सेमिफाईनलका लागि आज झापा र सुनसरी भिड्दै  

 

भीमनारायण गोल्डकप: धनकुटालाई घरेलु मैदानमा हराउँदै मोरङको बिजयी सुरुवात (भिडियोसहित)

 

आजदेखि भीमनारायण गोल्डकपः उद्घाटन खेलमा धनकुटा र मोरङ भिड्दै

 

धनकुटामा भोलिदेखि भीमनारायण गोल्डकप

 

धनकुटामा भदौ अन्तिम साता भीमनारायण गोल्डकप

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!