ओखलढुंगा, ३१ भदौ । ओखलढुंगाको मोलुङ गाउँपालिकामा खोलाले बगाएर एक जनाएको ज्यान गएको छ । ज्यान जानेमा मोलुङ ८ निवासी अन्दाजी ४८ बर्षिय केशब राई रहेको जिल्ला प्रहरी कार्यलय ओखलढुंंगाले जनाएको छ ।

स्थानीय पोक्तिङ खोलामा शुक्रबार बेलुका पाहा मार्न निस्केका राईलाई शनिबार बिहान करिब ३ बजे तिर मृत अवस्थामा फेला पारेको ओखलढुंगा प्रहरी प्रमुख अर्जुन तिमिल्सिनाले  बताए ।

Advertisement

 उनको शवलाई हराएको स्थानबाट झन्डै ५ किमी तल पोक्तिङ खोलाको दोभानमा भेटिएको हो । मृतक राईको शवलाई पोष्टमाटमका लागी जिल्ला अस्पताल रुम्जाटारमा लगिएको छ । उनि रागादिप माबिका कार्यलय सहयोगि रहेका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!