निश्चल पोख्रेल/संगालोखबर

धनकुटा, ३० भदौ । धनकुटामा जारी १३ औं सहीद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटवल प्रतियोगिताको दोस्रो सेमिफाईनलमा आज विर्ता यूनाईटेड झापा र साविक बिजेता फ्यान्स क्लव बिआरसी भुटानवीच खेल हुँने भएको छ ।

Advertisement

स्थानीय टुडिखेलमा अपरान्ह हुँने खेलमा फाईनल प्रवेशका लागि झापा र भुटान आम्नेसाम्ने हुन लागेका हुन । क्वाटर फाईनलमा गोधुली क्लव सुनसरीलाई ट्राईवेकर मार्फत ४–१ गोलले पराजित गर्दै विर्ता युनाईटेड सेमिफाईनल आईपुगेको हो ।

यता भीमनारायण गोल्डकपको साविक बिजेता बिआरसी भुटान भने ‘वाई’ पाएर सेमिफाईनल आएको हो ।  खेलमा ६ टिम मात्र सहभागि भएकाले भुटान र ब्वाईज यूनियनले ‘वाई’ पाएका हुन ।

आजको बिजेताले गोल्डकपको उपाधीका लागि भोली हुँने फाईनलमा ब्वाईज यूनियन काठमाण्डौको सामना गर्ने प्रतियोगिताका प्रचार बिभाग प्रमुख विदुर खवासले जानकारी दिएका छन ।

 

यसअघि प्रकाशित भीमनारायण गोल्डकपका समाचारहरु हेर्नुहोस्…

 

भीमनारायण गोल्डकपः वेलवारीलाई हराउँदै ब्वाईज यूनियन फाईनलमा (भिडियोसहित)

 

आज पहिलो सेमिफाईनल खेल, फाईनल प्रवेशका लागि ब्वाईज यूनियन र वेलवारी एफसी भिड्दै

 

भीमनारायण गोल्डकप: गोधुलीलाई ट्राईवेकरमा हराउँदै विर्ता यूनाईटेड सेमिफाईनलमा (भिडियोसहित)

 

सेमिफाईनलका लागि आज झापा र सुनसरी भिड्दै  

 

भीमनारायण गोल्डकप: धनकुटालाई घरेलु मैदानमा हराउँदै मोरङको बिजयी सुरुवात (भिडियोसहित)

 

आजदेखि भीमनारायण गोल्डकपः उद्घाटन खेलमा धनकुटा र मोरङ भिड्दै

 

धनकुटामा भोलिदेखि भीमनारायण गोल्डकप

 

धनकुटामा भदौ अन्तिम साता भीमनारायण गोल्डकप

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement