संगालोखबर सम्वाददाता

धनकुटा, ३० भदौ । धनकुटामा जारी १३ औं शहीद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटवल प्रतियोगिताको फाईनल खेलको मिति परिवर्तन भएको छ । शुक्रवार साँझ बसेको प्रतियोगिता आयोजक समितिको बैठकले शनिवार हुँने भनिएको फाईनल खेलको मिति परिवर्तन गरेर फाईनल खेल आईतवार खेलाउँने निर्णय गरेको हो ।

शुक्रवारको सेमिफाईनल खेलमा साविक बिजेता फ्यान्स क्लव बिआरसी भुटानलाई पराजित गर्दै फाईनल प्रवेश गरेको विर्ता यूनाईटेड झापाको खेल जुधेपछि फाईनल खेल सारिएको हो । मोरङको लक्ष्मीमार्गमा जारी प्रथम बुद्ध एयर लक्ष्मीमार्ग गोल्डकपमा पनि विर्ता यूनाईडेट झापा फाईनल पुगेको छ ।

Advertisement

भीमनारायण गोल्डकप र लक्ष्मीमार्ग गोल्डकपको फाईनल खेल पनि शनिवारनै परेको हुँनाले झापाले दुवै गोल्डकपमा एकैदिन खेल्न सम्भव नहुँदा फाईनल खेल एक दिन पछि सारिएको प्रतियोगिता आयोजक समिति संयोजक सम्भु प्रधानले संगालोखबरलाई जानकारी दिएका छन ।

फाईल तस्वीर

‘दुईवटै गोल्डकपको फाईनल खेल एकै दिन र फाईनल खेल्ने टिम पनि एउटै भएपछि समस्या सृजना भयो ।’ संयोजक प्रधानले संगालोकर्मीसँग भने ‘लक्ष्मीमार्ग गोल्डकपमा एकदिन ग्याभ गरिसकेको रहेछ, हामीले रेगुलर खेलाईरहेकाले अव एकदिन ग्याभ गरेर आईतवार फाईनल खेलाउँने निर्णय गरेका छौ ।’

अव विर्ता यूनाईटेडले शनिवार बुद्ध एयर लक्ष्मीमार्ग गोल्डकपको उपाधीका लागि जिविरवर क्लव मंगलबारेसँग फाईनल खेल खेल्नेछ । त्यसपश्चात आईतवार भीमनारायण गोल्डकपको उपाधीका लागि विर्ता यूनाईटेडले काठमाण्डौंको ब्वाईज यूनियनको सामना गर्नेछ ।

 

यसअघि प्रकाशित भीमनारायण गोल्डकपका समाचारहरु हेर्नुहोस्…

 

भीमनारायण गोल्डकप: साविक विजेता भुटानलाई हराउँदै झापा फाईनलमा (भिडियोसहित)

 

भीमनारायण गोल्डकपको फाईनलका लागि झापा र भुटान भिड्दै  

 

भीमनारायण गोल्डकपः वेलवारीलाई हराउँदै ब्वाईज यूनियन फाईनलमा (भिडियोसहित)

 

आज पहिलो सेमिफाईनल खेल, फाईनल प्रवेशका लागि ब्वाईज यूनियन र वेलवारी एफसी भिड्दै

 

भीमनारायण गोल्डकप: गोधुलीलाई ट्राईवेकरमा हराउँदै विर्ता यूनाईटेड सेमिफाईनलमा (भिडियोसहित)

 

सेमिफाईनलका लागि आज झापा र सुनसरी भिड्दै  

 

भीमनारायण गोल्डकप: धनकुटालाई घरेलु मैदानमा हराउँदै मोरङको बिजयी सुरुवात (भिडियोसहित)

 

आजदेखि भीमनारायण गोल्डकपः उद्घाटन खेलमा धनकुटा र मोरङ भिड्दै

 

धनकुटामा भोलिदेखि भीमनारायण गोल्डकप

 

धनकुटामा भदौ अन्तिम साता भीमनारायण गोल्डकप

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!