विराटनगर। नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले आचारसंहितालाई पालना गर्नु दललगायत सबैको कर्तव्य भएको बताउनुभएको छ ।

Advertisement

नेपाल प्रेस युनियन मोरङद्वारा आज विराटनगरमा आयोजित पत्रकार भेटघाटमा उहाँले राज्यका सम्पूर्ण संयन्त्रले निर्वाचन आयोगलाई सहयोग गर्नुपर्ने र निर्वाचन आयोगलाई पनि पारदर्शिताका साथ कार्य गर्नुपर्ने धारणा प्रकट गर्नुभयो ।

संविधानलाई कार्यान्वयन गर्नुपर्ने पहिलो प्राथमिकता रहेको उल्लेख गर्दै केन्द्रीय सदस्य केसीले हिमाल, पहाड र तराईलाई संयोजन गरी सबैलाई राष्ट्रको मूलधारमा ल्याउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

 संविधान गतिशील दस्तावेज रहेकाले समयानुकूल संविधानको संशोधन भइरहने स्पष्ट पार्दै उहाँले नेपाली काँग्रेस मधेशको आधुनिकीकरण र विकासका लागि निरन्तररुपमा संघर्ष गर्दै आइरहेको जानकारी गराउनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!