गोमा ढुंगाना/संगालोखबर

धनकुटा, २९ भदौ । धनकुटामा जारी १३ औं शहीद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको पहिलो सेमिफाईनलमा आज ब्वाईज यूनियन र वेलवारी एफसी मोरङवीच खेल हुँदैछ ।

Advertisement

स्थानीय टुडिखेलमा अपरान्ह हुँने खेलमा फाईनल प्रवेशका लागि ब्वाईज यूनियन र वेलवारी आम्नेसाम्ने हुन लागेका हुन । मंगलबार भएको उद्घाटन खेलमा आयोजक धनकुटा–११ लाई ४–१ गोल अन्तरले हराउँदै वेलवारी एफ.सी. सेमिफाईनल पुगेको हो ।

प्रतियोगितामा ६ टिम मात्र सहभागि रहेकाले ‘वाई’ पाएर ब्वाईज यूनियन सिधै सेमिफाइनल प्रवेश गरेको हो ।

यता हिजो भएको अन्तिम क्वाटर फाईनल खेलमा गोधुली क्लव सुनसरीलाई ट्राईवेकर मार्फत ४–१ गोल अन्तरले पराजित गर्दै झापाको विर्ता युनाईटेड सेमिफाईनल पुगेको छ ।

झापाले भोली हुँने दोस्रो अर्थात अन्तिम सेमिफाईनलमा साविक विजेता वि.आर.सी. भुटानसँग फाईनल प्रवेशका लागि भिड्नुपर्नेछ । फ्यान्स क्लव वि.आर.सी. भुटान पनि ‘वाई’ पाउँदै सेमिफाईनल पुगेको हो ।

मंगलबारबाट सुरु भएको प्रतियोगिता शनिवार सम्पन्न हुने आयोजकले जनाएको छ । संगालोखबर अनलाइन भीमनारायण गोल्डकपको अफिसियल मिडिया रहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!