आचारसंहिता विपरित भन्दै नोबेललाई स्वास्थ्य शिबिर संचालन गर्न रोक
मोरङ, २७ कात्तिक । बिराटनगरस्थित नोबेल मेडिकल कलेज एण्ड रिर्सच सेन्टरले निर्वाचन आचारसंहिता बिपरित स्वास्थ्य शिबिर संचालन गर्न लागेको भन्दै प्रहरीले रोक लगाएको छ ।
नेपाली कांग्रेसको तर्फबाट मोरङ ३ नम्बर क्षेत्रमा प्रतिनिधि सभाको उम्मेदवार रहेका सुनिल शर्मा संचालक रहेको नोबेलले आइतबार राखेको स्वास्थ्य शिविर सञ्चालनमा रोक लगाएको हो ।
नोबेलले आचारसंहिता बिपरित शिबिर संचालन गरेर मतदातालाई भ्रमम...























