नगर प्रमुखको घर–जग्गा विप्लव समुहको नियन्त्रणमा
खोटाङ, २७ कात्तिक । नेपाल कम्यूनिष्ट पार्टी खोटाङले हलेसी–तुवाचुङ नगरपालिकाका नगर प्रमुख इबन राईको घर–जग्गा तथा सम्पत्ति नियन्त्रणमा लिएको घोषणा गरेको छ ।
गुण्डा र पैसाको बलमा चुनाव जितेर देश लुट्न लागि परेका नगर प्रमुख राई दलाल संसदीय व्यवस्थाको मतियार बनेको भन्दै शनिबार राती बिज्ञप्ति टाँसेर नेकपाले उक्त घोषणा गरेको हो ।
साबिकको मंगलटार–ं२ पर्ने हलेसी तुवाचुङ नगरपालिका–६ का नगरप्रमुख राईको न...























