ताप्लेजुङका २२ मतदान स्थल अति संवेदनशील
ताप्लेजुङ, २० कात्तिक । ताप्लेजुङका २२ मतदान स्थल सुरक्षाका दृष्टिले अति संवेदनशील रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
जिल्लामा कायम रहेका ७३ मतदान स्थल मध्ये २२ मतदान स्थललाई प्रशासनले अति संवेदनशीलको सूचीमा राखेको प्रमुख जिल्ला अधिकारी मोहन जिसीले जानकारी दिए ।
उनका अनुसार बाँकी २० वटा संवेदनशील र ३१ वटा मतदान केन्द्रलाई सामान्यको सूचीमा राखिएको छ ।
यसैबीच, निर्वाचन आचारसंहिता कार्या...

























