- संगालोखबर सम्वाददाता

धनकुटा, २२ कात्तिक । धनकुटाको हिलेमा भोलि (बिहीबार) देखि हुँने राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिताको तयारी पुरा भएको छ । तीन दिनसम्म सञ्चालन हुँने प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको आयोजक हिले ब्याडमिन्टन क्लवका अध्यक्ष रामबहादुर तामाङ गोङ्वाले संगालोखबरलाई जानकारी दिएका छन ।

उनका अनुसार प्रतियोगितामा काठमाण्डौ, उदयपुर, खोटाङ, झापा, सुनसरी, पाँचथर, संखुवासभा लगायत जिल्लाबाट करिव ७० टिम सहभागि हुँदैछन । स्थानीय युवाहरुको सक्रियतामा निर्माण गरिएको कबर्ड हल उद्घाटनको अवसर पारेर हिलेमा पहिलो पटक प्रतियोगिता आयोजना गरिएको हो । स्थानीय युवाहरुले करिव ५० लाखको लागतमा कवर्ड हल बनाएका हुन ।

Advertisement
प्रतियोगिताका लागि तयारी अवस्थामा रहेको कवर्ड हल । तस्वीर : संगालोखबर

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव बिष्ट र धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले संयुक्त रुपमा प्रतियोगिता उद्घाटन गर्ने हिले ब्याडमिन्टन क्लवका सदस्य एवं स्थानीय ब्यावसायी उज्वल कटेलले जानकारी दिएका छन ।

उनका अनुसार खुल्ला पुरुष, खुल्ला महिला, भेट्रान र सुपर भेट्रान गरी चार समूहमा प्रतियोगिता हुँनेछ । खुल्ला पुरुषतर्फको बिजेताले कपसहित ५० हजार, द्धितीयले २५ हजार र तृतीयले १० हजार नगद पाउँनेछन ।

त्यस्तै भेट्रानतर्फ बिजेताले २५ हजार, द्धितीयले १२ हजार र तृतीयले ५ हजार नगद पाउँनेछन् । यता महिलातर्फ बिजेताले २० हजार, द्धितीयले १० हजार र तृतीयले ५ हजार नगद पाउँने आयोजकले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!