संगालोखबर संवाददाता

धनकुटा, २५ कात्तिक । जनज्योती बचत तथा ऋण सहकारी सस्था लिमिटेड धनकुटाको पाँचौ साधारणसभाबाट विकास घिमिरे पुनः अध्यक्षमा निर्वाचित भएका छन ।

धनकुटा सदरमुकाममा आज सम्पन्न साधारणसभाले पाँच बर्षे कार्यकालका लागि घिमिरेलाई पुनः अध्यक्षमा निर्वाचित गरेको हो ।  समितिको उपाध्यक्षमा कुमार दाहाल, सचिवमा सारदा घिमिरे (धमला) र कोषाध्यक्षमा मनोज श्रेष्ठ चयन भएका छन ।

Advertisement
जनज्योती सहकारीका अध्यक्ष विकास घिमिरे ।

त्यस्तैगरी सदस्यहरुमा मञ्जु पौडेल, संकर ल्वागुन, भुषण श्रेष्ठ, देवेन्द्र मिश्र र रिना श्रेष्ठ निर्वाचित भएको निर्वाचन मण्डलका संयोजक खगेन्द्र घिमिरेले जानकारी दिएका छन ।

साधारणसभाले गोपाल वि.क.को संयोजकत्वमा सहकारीको लेखा समिति निर्माण गरेको छ । समितिको सदस्यमा सोभा श्रेष्ठ र सोभा बस्नेत निर्वाचित भएको सहकारी सस्थाले जनाएको छ ।

यो पनि पढ्नुहोस्…

धनकुटामा जनज्योतीको साधारणसभाः शेयर सदस्यलाई बोनस, उत्कृष्ठ कारोवार गर्नेलाई सम्मान

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement