- संगालोखबर सम्वाददाता

धनकुटा, २५ कात्तिक । जनज्योती बचत तथा ऋण सहकारी सस्था लिमिटेड धनकुटाले शेयर सदस्यहरुलाई १५ प्रतिसतका दरले बोनस वितरण गरेको छ । सस्थाको पाँचौ बार्षिक साधारणसभाको अवसर पारेर शनिवार शेयर सदस्यहरुलाई मुनाफा वापतको वोनस प्रदान गरिएको हो ।

कुल शेयर पुजी ९ लाख ३७ हजारको १५ प्रतिसतका दरले शेयर सदस्यहरुलाई वोनस प्रदान गरिएको सहकारीका ब्यवस्थापक यज्ञप्रसाद ढुंगेलले जानकारी दिएका छन ।

Advertisement

साधारणसभामा सहकारीका अध्यक्ष विकास घिमिरेले बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक बर्ष ०७३/७४ मा बचत तर्फ २ करोड ९० लाख ३८ हजार ९ सय ९४ संकलन भएको बताएका छन ।

सहकारीले २ करोड ६२ लाख ७२ हजार ५ सय ५१ ऋण लगानी र १ करोड ८६ लाख ३ हजार २ सय ८७ बचत फिर्ता गरेको छ । त्यस्तै हाल सहकारीमा १ करोड ४३ लाख ५ हजार ६ सय ७ बचत रहेको अध्यक्ष घिमिरेले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।

सहकारीले गत आर्थिक बर्षमा २ करोड ६२ लाख ७२ हजार ५ सय ५१ ऋण लगानी गरेको छ । धनकुटामा ०६९ सालमा स्थापना भएको सहकारीमा हाल १ सय ५७ जना शेयर सदस्य छन । ४ सय ४० बचतकर्ता रहेको उक्त सहकारीमा ६ जना कर्मचारीले रोजगारी पाएका छन ।

साधारणसभामा सामुहिक तस्वीर खिचाईदै ।

साना ब्यवसायीलाई विना धितो शुलभ रुपमा ऋण उपलब्ध गराउँदै आएको सहकारीले बचतकर्तालाई ९ प्रतिसत ब्याज र १५ प्रतिसत ब्याजदरमा ऋण उपलब्ध गराउँदै आएको सहकारीका अध्यक्ष विकास घिमिरेले जानकारी दिएका छन ।

साना ब्यावसायको प्रवद्र्धनमा सहकारीको टेवाः मेयर तामाङ

जनज्योती बचत तथा ऋण सहकारी सस्थाको पाँचौ साधारणसभालाई संवोधन गर्दै धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले सहकारीहरुले साना ब्यावसायको प्रवद्र्धनमा टेवा पुर्याएको बताएका छन ।

सहकारीले ब्यावसायको प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको दावी गर्दै उनले आगामी दिनमा नगरपालिकाले सहकारीको विकासमा सहयोग गर्ने प्रतिवद्धता पनि ब्यक्त गरेका छन ।

साधारणसभामा संबोधन गर्दै नगर प्रमुख तामाङ ।

कार्यक्रममा जिल्ला सहकारी संघका सचिव दिनेश राई, साथी बचत तथा ऋण सहकारीका उपाध्यक्ष जयन्द्र प्रधान, होटल एसोशिएसनका कोषाध्यक्ष डम्बरबहादुर काफ्ले लगायतले जनज्योती सहकारीले छोटो समयमानै राम्रो प्रगति गरेको बताउँदै सहकारीलाई सफलताको शुभकामना दिएका थिए ।

यसैवीच साधारणसभाकै अवसर पारेर सहकारीमा कारोवार गर्ने उत्कृष्ठ २० जनालाई सम्मान गरिएको छ ।

यो पनि पढ्नुहोस्…

जनज्योती सहकारीको अध्यक्षमा पुनः घिमिरे निर्वाचित

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!