प्रेम देवान/संगालोखबर

मोरङ,२२ असोज । प्रदेश नं १ को स्थायी राजधानी अन्यत्र सारिने चर्चा चुलिएसंगै स्थानीय तहमा समेत तरङ्ग छाएको छ । विराटनगरलाई स्थायी राजधानी बनाउन विराटनगर महानगरपालिकाको समेत ध्यानाकर्षण भएको छ ।

Advertisement

महानगरपालिकाका मेयर भीम पराजुलीले पत्रकार सम्मेलन गर्दै प्रदेशको राजधानी विराटनगरबाट स्थानान्तर गर्ने हल्ला हल्लामा मात्र सिमित रहेको दावी गरे । उनले कुनै पनि हालतमा अन्य स्थानमा सार्न नहुने बताए ।

प्रदेश नम्बर १ को राजधानी विराटनगर नै उपयुक्त भौतिक पुर्वाधार रहेको भन्दै विराटनगरलाई राजधानी बनाउन आग्रह गरेका छन् । राजधानी बनाउनको लागि १ सय ४ वर्षको ऐतिहासिक यो सहरबाट अन्य सहरमा लैजान नमिल्ने उनको धारणा छ ।

विराटनगर राजनीतिक, आर्थिक, सामाजिक, क्रान्तिको ईतिहास लगायतले उपयुक्त रहेको मेयर पराजुलीले भनाई छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!