
धनकुटा । चीनबाट सुरु भएर विश्वभर फैलिरहेको कोरोना भाईरसको संक्रमणमा सावधानी अपनाउँन धनकुटा सदरमुकामको गोकुण्डेश्वर माध्यमिक बिद्यालयले बिधुतीय हाजिरी बन्द गरेको छ । कोरोनाको संक्रमण फैलन सक्ने माध्यम भएकाले सतर्कता अपनाउँदै बिधुतीय हाजिरी बन्द गरिएको हो ।
कोरोनाको संक्रमण रोकथाम नहुँदासम्मका लागि बिधुतीय हाजिरी बन्द गरिएको बिद्यालयका प्रद्यानाध्यापक यज्ञप्रकाश चापागाईंले जानकारी दिए । ‘सवै शिक्षक र कर्मचारीले ई–हाजिरी गर्दा त्यसकै माध्यमबाट पनि भाईरस फैलन सक्ने हुँनाले बन्द गरेका हौं ।’ उनले भने ‘अब कोरोनाको संक्रमण रोकथाम नहुँदासम्म रजिष्टरमा हाजिर गर्ने निर्णय गरेका छौ ।’
जिल्लाका अधिकांस सरकारी कार्यालय, बिद्यालय, संघसस्था लगायतले बिधुतीय हाजिरी प्रयोग गरिरहेका छन् । सवै कर्मचारीले बिधुतीय हाजिरी गर्दा संक्रमण फैलन सक्ने जोखिम हुँनाले बिभिन्न जिल्लामा बिधुतीय हाजिरी बन्द गर्ने क्रम चलिरहेको छ ।















