- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा शुक्रबारबाट माटो परिक्षण शिविर सुरु भएको छ । सुनसरीको झुम्का स्थित माटो तथा मल परिक्षण प्रयोगशालाको प्राबिधिक सहयोगमा महालक्ष्मी नगरपालिकाले माटो परिक्षण सम्बन्धि तीन दिने शिविर आयोजना गरेको हो ।

नगरक्षेत्रका कृषकलाई माटो अनुसारको बाली, फलफुल तथा बिरुवा लगाउँन प्रोत्साहन गर्दै उत्पादन बृद्धि गराउँनका लागि शिविर आयोजना गरिएको महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपालले जानकारी दिए । ‘कृषकहरुले परम्परागत तरिकाले बालि लगाईराख्नु भएको छ, उहाँहरुको खेतको माटो अनुसारको उपयुक्त बाली, फलफुल तथा बिरुवा लगाएर उत्पादन बृद्धि गराउँन माटो परिक्षण शिविर राखेका हौ ।’ मेयर नेपालले भने ।

शिविरको पहिलो दिन वडा नं १, ३ र ८ का करिब २ सय कृषकको खेतबारीको माटो परिक्षण गरिएको छ । शिविर अन्र्तगत शनिबार वडा नं २, ४, ९ र आईतबार ५, ६ र ७ नम्बर बडाका कृषकको खेतबारीको माटो परिक्षण गरिनेछ ।

कृषकलाई माटो अनुसारको बाली लगाउँन प्रोत्साहन गरेर बिभिन्न कृषि पकेट क्षेत्र घोषणा गरिने मेयर नेपालको भनाई छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!