गोमा ढुंगाना/संगालोखबर

धनकुटा । भेडेटारका होटल व्यावसायी लिलाराज लावतीले क्वारेनटाइनका लागि होटलको कोठा निःशुल्क उपलब्ध गराउँने भएका छन् । भेडेटार स्थित होटल लावती कर्नरका संचालक लावतीले क्वारेनटाइनका लागि होटलका पाँच वटा कोठा उपलब्ध गराउँने घोषणा गरेका हुन् ।

Advertisement

कोरोना भाईरसको संक्रमणले विश्वलाई नै आक्रान्त पारिरहेका बेला सहयोग गर्नु मानवीय कर्तव्य भएकाले क्वारेनटाइनका लागि कोठा उपलब्ध गराउँने लावतीले बताए । ‘क्वारेनटाइनका लागि आवश्यकता परेमा म कोठा दिन तयार छु ।’ संगालोखबरसँग लावतीले भने ‘यसका लागि प्रशासनले समन्वय गर्नु पर्छ ।’

पूर्वी नेपालको प्रमुख पर्यटकीय स्थल, धेरै मानिसको भीडभाड हुँने ठाउँ र धनकुटा प्रवेशको प्रमुख नाका भएकाले भेडेटारमा कोरोनाको उच्च सर्तकता अपनाउँनुपर्ने भएपनि हालसम्म सतर्कता सम्बन्धि ठोस काम नहुँदा जोखिम बढेको उनले बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!