संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–३ कुरुलेतेनुपाका शिक्षक कैलाश ढुङ्गानाले छोराको जन्मदिनमा विद्यालयलाई आर्थिक सहयोग गरेका छन् । छोरा कल्पितको पहिलो जन्मोत्सवमा ढुङ्गानाले चौबिसे–२ सिन्धसार स्थित धारापानी आधारभूत विद्यालयलाई ११ हजार १ सय ११ रुपैयाँ सहयोग प्रदान गरेका हुन् ।

Advertisement

सोहि विद्यालयका प्रधानाध्यापकसमेत रहेका ढुङ्गानाले विद्यालय व्यवस्थापन समिति अध्यक्ष कुमार मगरलाई रकम हस्तान्तरण गरे । जन्मदिनमा फजुल खर्च गर्नुको सट्टा कमजोर आर्थिक अवस्थाका विद्यार्थीलाई पढाईमा सहयोग पुर्याउँनका लागि सहयोग गरेको ढुङ्गानाले बताए । ‘स्कुलको आर्थिक अवस्था कमजोर छ । पढाउँने शिक्षकलाई तलब पुर्याउनै सकस भइरहेकाले थोरै भएपनि राहत पुर्याउँ भनेर जन्मदिनको फजुल खर्च कटाएर सहयोग गरेको हुँ ।’ ढुङ्गानाले भने ।

शिशुदेखि कक्षा ८ सम्म पढाई हुने सो विद्यालयमा १ सय २३ विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा पढाउदै आएका निजी दरबन्दीका शिक्षकको तलब पुर्याउन हम्मेहम्मे हुने गरेकाले सो विद्यालयले बिभिन्न अभियान सञ्चालन गरी रकम संकलन गर्ने गरेको छ । विद्यालय खर्च जुटाउँनका लागि गत तिहारमा देउसीभैलो खेलेर रकम संकलन गरिएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!