
उदयपुर । उदयपुरको त्रियुगामा एम्बुलेन्सको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । एक जना घाईते छन् । सडक छेउमा बसिरहेका बेला एम्बुलेन्सले ठक्कर दिदा त्रियुगा–९ झिल्के चोकका ६२ बर्षीय तिलक दनुवार र १४ बर्षीय रोशन दनुवारको मृत्यु भएको हो ।
शुक्रबार साँझ करिव ६ बजे चुहाडेबाट गाईघाट जाँदै गरेको स.१ झ.४७७ नम्बरको एम्बुलेन्सले झिल्के चोक नजिक सडक छेउमा बसिरहेका उनीहरुलाई ठक्कर दिएको हो ।
एम्बुलेन्सको ठक्करबाट गंभीर घाईते भएका तिलकको उपचारका क्रममा जिल्ला अस्पताल उदयपुरमा साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै बिराटनगर स्थित न्यूरो अस्पतालमा उपचारका क्रममा शनिबार बिहान करिव ५ बजे रोशनको मृत्यु भएको हो ।
उनीहरुसँगै सडकमा बसिरहेका स्थानीय ३२ बर्षीय राजकुमार दनुवार पनि एम्बुलेन्सको ठक्करबाट घाईते छन् । उनको न्यूरो अस्पतालमा उपचार भईरहेको छ ।
ठक्कर दिने एम्बुलेन्स र चालक सन्तोष खत्रीलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।















