- संगालोखबर सम्वाददाता

धनकुटा । बैदेशिक रोजगारीको सिलसिलामा कोरियामा रहेका धनकुटा–७ डाँडागाउँका उत्तरकुमार राईको मंगलबार मृत्यु भएको छ । बिहान शौचालयमा बेहोस भेटिएका ५४ बर्षीय राईको उपचारका क्रममा बिहान करिव ११ बजे मृत्यु भएको हो ।

Advertisement

उपचारका क्रममा कोरियाको सउल सिटी स्थित छनान् अस्पतालमा उनको मृत्यु भएको कोरियामा कार्यरत धनकुटा उत्तरपानीका लालचन लामाले जानकारी दिए । मृत्युको कारण खुल्न सकेको छैन । उनको शवलाई नेपाल पठाउँने प्रयास भईरहेको लामाले बताए ।

रोजगारीका लागि करिव १० बर्ष अघि उनी कोरिया पुगेका हुन् । त्यसअघि धनकुटाको हुलाकटोलमा उमिसा पुस्तक पसल सञ्चालन गर्दै आएका थिए ।

मृतक राईका श्रीमती र एक छोरी छन् । राईको मृत्युको खबर सुनेपछि उनकी श्रीमती बेहोस छिन् । बेहोस अवस्थामा रहेकी उनलाई धनकुटा जिल्ला अस्पतालमा राखिएको स्थानीय सञ्चारकर्मी सन्तवीर लामाले संगालोखबरलाई जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!