संगालोखबर सम्वाददाता
फाईल तस्वीर

मोरङ । मोरङको सुनवर्षी–८ हर्चनगढीबाट हतियारसहित ३ भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको अररिया धर्मगंज पंचायत पलासी थाना डकैताका २१ बर्षीय अजयकुमार मण्डल, १८ बर्षीय आन्नदकुमार मण्डल र २१ बर्षीय राकेशकुमार साह छन् ।

गएराती करिव ८ बजे हर्चनगढीको एक घरमा मादक पदार्थ सेवन गरेर बसिरहेका उनिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट १ थान कटुवा पेस्तोल र १ राउण्ड गोली बरामद भएको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

Advertisement

उनीहरुले प्रयोग गरेको १५० सी.सी.को अनटेष्ट पल्सर मोटरसाईकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ । तीनै जनालाई पक्राउ गरेर उनीहरुको गतिबिधिका बिषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!