संगालोखबर सम्वाददाता

झापा । झापाको अर्जुनधारा नगरपालिकामा आज बिहान ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा अर्जुनधारा–४ का १७ बर्षीय मन कुमार थापा छन् ।

Advertisement

बिहान करिव १० बजे बिरिङ खोला तर्फ जाँदै गरेको मे.१ त.४९११ नम्बरको ट्याक्टरले उनलाई ठक्कर दिएको हो । ठक्करबाट थापाको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

मृतकको शवलाई पोष्टमार्टमका लागि अस्पताल पठाईएको छ । ठक्कर दिने ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!