संगालोखबर सम्वाददाता

धनकुटा । समाजवादी पार्टी धनकुटाका उपाध्यक्ष विकास घिमिरेलाई गलत प्रचार गरेको आरोप लागेको छ । धनकुटा नगरपालिका–९ का बिकाश रायाले शनिवार प्रेस बिज्ञप्ति जारी गर्दै उपाध्यक्ष घिमिरेले आफ्नो बिषयमा सामाजिक सञ्जाल फेसवुकमा गलत प्रचार गरेको आरोप लगाएका हुन् ।

Advertisement

घिमिरेले केहि दिन अघि समाजवादी पार्टीको बिसु अभियानमा वडा नं.९ को संयोजक चयन भएको भन्दै रायलाई फेसवुक मार्फत बधाई दिएका थिए । नेकपा निकट बताउँने रायले सोहि बिषयमा विज्ञप्ति जारी गरेर खण्डन गरेका हुन् ।

धनपा–३ का वडाध्यक्षसमेत रहेका घिमिरेले सामाजिक संजालमा तस्वीरसहित गलत प्रचार गरेकाले आफ्नो गंभीर ध्यानाकर्षण भएको रायले बिज्ञप्तिमा उल्लेख गरेका छन् ।

यसैवीच समाजवादीका उपाध्यक्ष घिमिरेले आफुले गलत प्रचार नगरेको दावी गरेका छन् । ‘अविर लगाएरै पार्टी प्रवेश गराएको चै थिएन ।’ संगालोखबरसँग उनले भने ‘छलफलका क्रममा पार्टीमा रहेर काम गर्न तयार भएकाले रायलाई जिम्मेवारी तोकिएको हो ।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!