रासस

भद्रपुर । झापाका एक व्यक्तिलाई कोभिड–१९ (कोरोना भाइरस) सङ्क्रमणको आशङ्कामा उपचारका लागि आइतवार काठमाडौं लगिएको छ ।

Advertisement

प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाका अनुसार ज्वरो आएर उपचारका लागि अस्पताल पुगेका भद्रपुर–७ चन्द्रगढीका ४२ वर्षीय पुरुषलाई प्रारम्भिक जाँचपश्चात कोरोना भाइरस सङ्क्रमणको आशङ्का गरिएको हो ।

प्रजिअ रानाका अनुसार चिकित्सकहरुले उपचारका लागि उनलाई काठमाडौंको ग्राण्डी हस्पिटल सिफारिस गरेका छन् ।

‘कोरोना भाइरस सङ्क्रमण भएको आशङ्का चिकित्सकहरुले प्रारम्भिक जाँचपछि गर्नुभएको छ,’ प्रजिअ रानाले भन्नुभयो–‘उपचारका लागि डाक्टरहरुकै सिफारिसमा आजै ग्राण्डी हस्पिटल लगिएको छ ।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!