संगालोखबर सम्वाददाता
धनकुटा बजार । फाईल तस्वीर: संगालोखबर

धनकुटा । कोरोना भाइरस संक्रमण रोकथामका लागि धनकुटाका सवै हाट बजार बन्द गरिने भएको छ । शुक्रबार भएको सर्वपक्षिय भेलाले जिल्लामा लाग्दै आएका सम्पूर्ण हाट बजार बन्द गर्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी केशव प्रसाद बिमलीको अध्यक्षतामा भएको भेलाले जिल्लाको दक्षिण तर्फको प्रमुख नाका भेडेटारमा स्वास्थ्य परिक्षण डेक्स (हेल्प डेक्स) स्थापना गर्ने निर्णय गरेको छ । त्यस्तै जिल्लाका सात वटै स्थानीय तहका नाकाहरुमा पनि क्रमस हेल्प डेक्स स्थापना गरिने भएको छ ।

Advertisement

सदरमुकाम स्थित औद्योगिक ग्राममा तत्काल क्वारेनटाइन स्थापना गरी आईसुलेसन वार्ड राख्ने र मानिसको भीडभाड हुँने भेला, सम्मेलन, बैठक लगायत बन्द गर्ने निर्णय भएको बैठकमा सहभागि उद्योग बाणिज्य संघका अध्यक्ष बिजय सन्तोषी राईले संगालोखबरलाई जानकारी दिए ।

सवै सरकारी तथा सामाजिक संघ संस्थाहरुको समन्वयमा प्रचारप्रसार गरी कोरोना भाइरसबाट जोगिने उपाय सम्बन्धि जनचेतना फैलाउँने, बजारमा दैनिक उपभोग्य सामाग्रीसहित औषधिको कृतिम अभाव हुन नदिन कडाईका साथ अनुगमन गर्ने निर्णय पनि भएको छ ।

त्यस्तै सवै सरकारी कार्यालयमा साबुन पानीले हात धुने व्यवस्था गर्नेसमेत निर्णय भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकृत जयराम श्रेष्ठले बताए ।

सर्वपक्षिय भेलामा स्थानीय तह, सुरक्षा निकाय, बिभिन्न कार्यालय तथा संघसस्थाका प्रमुख तथा प्रतिनिधि सहभागि थिए । उनीहरुले विश्वभर फैलिरहेको कोरोना भाइरसको संक्रमण रोक्नका लागि सवैले हातेमालो गरेर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!