सन्तोष रुचाल/संगालोखबर

धनकुटा । विश्वभर फैलिरहेको कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि धनकुटामा क्वारेनटाइन र आइसोलेसन वार्ड बनाईएको छ । धनकुटा–६ स्थित औद्योगिक ग्राममा आईतबार ६० वटा क्वारेन्टाइन र १२ वटा आइसोलेन्स वार्ड स्थापना गरिएको हो ।

Advertisement

जिल्ला प्रशासन कार्यालयको अगुवाईमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय सरोकारवालाको पहलमा डेक्स स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी केशव प्रसाद बिमलीले जानकारी दिए ।

भेडेटारमा हेल्प डेक्स राखियो

यसैवीच धनकुटासहित पूर्वी पहाडी जिल्ला प्रवेशको मुख्य नाका भेडेटारमा स्वास्थ्य परिक्षण डेक्स पनि स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी बिमलीले बताए । शुक्रबार बसेको सर्वपक्षिय भेलाले क्वारेनटाइन र आइसोलेसन वार्ड निर्माण गर्ने तथा भेडेटारमा कोरोना हेल्प डेक्स स्थापना गर्ने निर्णय गरेको थियो ।

यता, दैनिक उपभोग्य बस्तुको अभाव हुन नदिन बजारमा अनुगमन पनि थालिएको छ । कोरोनाको संक्रमण फैलन नदिनका लागि धनकुटाका सबै हाटबजार बन्द गरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!