संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटाका पत्रकार तथा गीतकार रमेशचन्द्र अधिकारीको रचनामा ‘देउसी भैलो खेल्ने मेलो यसपाली छैन’ बोलको तिहार विशेष गीति सार्वजनिक भएको छ ।

Advertisement

वरिष्ठ सङ्गीतकार भुपेन्द्र रायमाझीको सङ्गीत रहेको सो गीतमा विजयनारायण मानन्धर, प्रवलद्विप विश्वास र अदिती अधिकारीले स्वर दिएका छन् ।

गीतमा कोरोना भाइरसको महामारीमा देउसी भैलो तथा नाचगान रहित तिहार मनाउने परिस्थितिको भाव समेटिएको छ ।

सो गीत अग्रज लोक गायक एलपी जोशीको उपस्थितिमा सङ्गीतकार रायमाझी, रचनाकार अधिकारी र गायकहरु सहितले स्ट्रीययार्ड प्रविधि मार्फत लोकार्पण गरिएको गीतकार अधिकारीले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!