- रासस

खोटाङ । अधिक रक्तश्रावका कारण बिरामी परेकी दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्माकी ३५ वर्षीया कविता राईको हेलिकप्टरबाट उद्धार गरिएको छ।

सुत्केरी व्यथा लागेर जिल्ला अस्पताल खोटाङ भर्ना भएकी कविताको उपचार सम्भव नभएपछि थप उपचारका लागि बुधबार नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरेर काठमाडौं पठाइएको हो।

सुत्केरी व्यथा लागेर अस्पताल आउनुअघिदेखि नै अधिक रक्तश्राव भएपछि बिरामी परेकी राईलाई सघन उपचार कक्षमा राखेर उपचार गर्नुपर्ने भएकाले काठमाडौं थापाथलीस्थित प्रसूति गृहमा पठाइएको अस्पतालका मेडिकल अधिकृत डा.मनिष पौडेलले बताए।

‘कविताको शरीरबाट धेरै ब्लड गएको छ’, उनले भने, ‘उहाँलाई सघन उपचार कक्षमा राखेर उपचार गर्नुपर्ने भएकाले यहाँको अस्पतालमा सुविधा नभएपछि थप उपचारका लागि काठमाडौं पठाइएको हो ।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!