- संगालोखबर सम्वाददाता

धनकुटा । रुखबाट लडेर घाईते भएकी धनकुटाको महालक्ष्मी नगरपालिकाकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ । घाँस झार्न रुखमा चढ्दा लडेर घाईते भएकी धनकुटाको महालक्ष्मी नगरपालिका–४ चानुवाकी ४५ बर्षीया इन्द्रकुमारी विश्वकर्माको बिहिबार साँझ मृत्यु भएको हो ।

Advertisement

गत आईतबार गाईबस्तुलाई खुवाउँनका लागि डालेघाँस झार्न करमको रुखमा चढेका बेला उनी रुखबाट लडेकी थिईन् । टाउकोमा चोट लागेर गंभीर अवस्थामा पुगेकी उनलाई उपचारका लागि बिराटनगरस्थित नोबेल शिक्षण अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको उनका श्रीमान गोबिन्दले संगालोखबरलाई बताए ।

यसैबीच, मृतक विश्वकर्मामा उपचारका क्रममा कोरोना संक्रमण पुष्टि भएको थियो । उपचारका क्रममा पीसीआर परीक्षण गर्दा आईतबार उनको रिपोर्ट पोजिटिभ आएको हो । कोरोना संक्रमण पुष्टि भएकाले मृतकको शवलाई नेपाली सेनाले बिराटनगरमै अन्त्येष्टि गर्ने तयारी गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!