संगालोखबर सम्वाददाता

विराटनगर । पछिल्लो २४ घण्टाको अवधीमा प्रदेश १ मा ६६२ जना कोरोना संक्रमित निको भएका छन् । होम आईसोलेसनमा रहेका ५७८ जना निको भएका छन् । त्यस्तै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट २९, विराट मेडिकल कलेजबाट १३, कोभिड १९ आईसोलेसन केन्द्र रंगेलीबाट ११, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ८, विराट सामुदायिक भवनबाट ७, मारवाडी सेवा सदन आईसोलेसन र कालि सदन आईसोलेसन विराटनगरबाट ४/४ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । पथरी नगर अस्पताल र बैजनाथपुर आईसोलेसनबाट २/२, कोभिड १९ आईसोलेसन अस्पताल गोठगाउँ, न्युरो अस्पताल, नोवेल अस्पताल र वि.जेनरल अस्पताल हरिनगरबाट १/१ जना डिस्चार्ज भएका हुन । हालसम्म कोरोना संक्रमण पश्चात निको हुनेको संख्या १६ हजार ४१८ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Advertisement

मन्त्रालयका अनुसार प्रदेश १ मा आज १८० जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ७०, झापामा ६०, सुनसरीमा ४१, ताप्लेजुङ, खोटाङ र उदयपुरमा २/२, इलाम, तेह्रथुम र भोजपुर १/१ जना संक्रमित थपिएका हुन् ।

मोरङको विराटनगरमा ३७, उर्लाबारीमा ११, मिक्लाजुङमा १०, पथरीशनिश्चरे र बेलबारीमा ३/३, सुनबर्षीमा २, धनपालथान, सुन्दरहरैचा, रंगेली र लेटाङमा १/१, झापाको दमकमा २०, विर्तामोडमा १३, गौरादहमा ११, कनकाईमा ५, भद्रपुरमा ३, हल्दिबारी, कमल र झापा गाउँपालिकामा २/२, अर्जुनधारा र मेचीनगरमा १/१ जनाको रिपोर्ट पोजिटिभ आएको छ ।

त्यूतै सुनसरीको धरानमा २६, इटहरीमा ६, बराहक्षेत्र र कोशी गाउँपालिकामा ३/३, इनरुवामा २ र रामधुनीमा १, ताप्लेजुङको मैवाखोला र फुङलिङमा १/१, खोटाङको हलेसी तुवाचुङमा २, उदयपुरमा २, इलामको माईजोगमाईमा १, तेह्रथुम र भोजपुरमा १/१ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २३ हजार ७० पुगेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!