संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश १ मा शुक्रबार ३४२ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १४२, सुनसरीमा १०५, झापामा ६६, उदयपुरमा ८, तेह्रथुममा ५, इलाममा ४, पाँचथर र सोलुखुम्वुमा ३/३, संखुवासभा र धनकुटामा २/२ साथै ओखलढुङ्गा र भोजपुरमा १/१ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Advertisement

मन्त्रालयका अनुसार विराटनगरमा ८१ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा ३५ महिला र ४६ पुरुष छन् । मोरङको सुन्दरहरैँचामा १५, उर्लाबारीमा ९, कटहरी र रंगेलीमा ५/५, लेटाङ, कानेपोखरी र सुनबर्षीमा ३/३, बेलबारी, बुढीगंगा, मिक्लाजुङ र ग्रामथानमा २/२, पथरीशनिश्चरे र धनपालथानमा १/१ र स्थानीय तह नखुलेका ५ जनाको रिपोर्ट पोजिटिभ आएको छ । त्यस्तै सुनसरीको इटहरीमा ४९, धरानमा ३४, इनरुवामा ९, रामधुनीमा ६, हरिनगर, देवानगञ्ज, दुहवी र बर्जुमा २/२, गढी र बराहक्षेत्रमा १/१ जनामा संक्रमण देखिएको छ ।

झापाको विर्तामोडमा १७, कचनकवलमा १४, दमकमा १२, गौरादहमा ६, शिवसताक्षी र कमल गाउँपालिकामा ३/३, मेचीनगरमा ४, अर्जुनधारा र भद्रपुरमा २/२, बुद्धशान्ति, बाह्रदशी र झापा गाउँपालिकामा १/१, उदयपुरको त्रियुगा र कटारीमा २/२, चौदण्डीगढी र बेलकामा १/१ र स्थानीय तह नखुलेका २ जना पनि संक्रमित भएका छन् ।

त्यस्तैगरी तेह्रथुमको म्याङलुङमा ३ र स्थानीय तह नखुलेका २, इलामको इलाम नगरपालिकामा २, चुलाचुली र फाकफोकथाममा १/१, पाँचथरको मिक्लाजुङमा ३, सोलुखुम्वुको सोलुदुधकुण्डमा ३, संखुवासभाको चैनपुर र स्थानीय तह नखुलेका १/१, धनकुटाको महालक्ष्मी र स्थानीय तह नखुलेका १/१ साथै ओखलढुङ्गा र भोजपुरमा १/१ जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २३ हजार ४३४ पुगेको छ । जसमध्ये १७ हजार १५४ संक्रमित निको भईसकेका छन् । त्यस्तै प्रदेश १ मा होम आईसोलेसनमा रहेका ७३६ जना आज संक्रमणमुक्त भएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!