विराटनगर । प्रदेश १ मा मंगलबार ३०२ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १००, झापामा ८३, सुनसरीमा ७९, उदयपुरमा १४, धनकुटामा १३, भोजपुरमा ३, ओखलढुङ्गा, संखुवासभा, तेह्रथुम र खोटाङमा २/२, इलाम र पाँचथरमा १/१ संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरका ६३, उर्लाबारीका १२, बेलबारी र मिक्लाजुङका ५/५, लेटाङाका ४, सुन्दरहरैचाका ३, पथरीशनिश्चरे, कटहरी र कानेपोखरीका २/२, ग्रामथान र बुढीगंगाका १/१ जनामा संक्रमण देखिएको छ । झापाको दमकमा २७, विर्तामोडमा १४, भद्रपुरमा १०, कमल गाउँपालिकामा ६, शिवसताक्षीमा ५, गौरीगञ्जमा ४, गौरादह र अर्जुनधारामा ३/३, कनकाई, हल्दिबारी र मेचीनगरमा २/२, बुद्धशान्ति र बाह्रदशीमा १/१ र स्थानीय तह नखुलेका ३ जनाको रिपोर्ट पाजिटिभ आएको छ ।
त्यस्तै सुनसरीको इटहरीमा ३३, धरानमा ३१, इनरुवामा ६, रामधुनीमा ३, बराहक्षेत्रमा २, देवानगञ्ज र हरिनगर १/१ र स्थानीय तह नखुलेका २ जनामा संक्रमण देखिएको छ । उदयपुरको त्रियुगामा ११, स्थानीय तह नखुलेका ३, धनकुटाको धनकुटा नगरपालिकामा ९ र महालक्ष्मीमा ४, भोजपुरको हतुवागढी, रामप्रसाद राई गाउँपालिका र स्थानीय तह नखुलेका १/१, ओखलढुङ्गाको मानेभन्ज्याङ र मोलुङमा १/१, संखुवासभाको मकालु र खाँदबारीमा १/१, तेह्रथुमको म्याङलुङमा २ जना संक्रमित भएका छन् ।
त्यस्तैगरी खोटाङको हलेसी तुवाचुङ र खोटेहाङमा १/१, इलामको माई नगरपालिका र पाँचथरको फिदिममा जनामा संक्रमण देखिएको हो । हालसम्म प्रदेश १ मा कोरोना संक्रमितको संख्या २२ हजार ५१३ पुगेको छ जसमध्ये १५ हजार ३१५ जना निको भईसकेका छन् ।
प्रदेश १ मा आज ५१६ जना कोरोना संक्रमित निको भएका छन् । होम आईसोलेसनमा रहेका ५१० जना निको भएका हुन् । त्यस्तै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ४ र मेची अस्पतालबाट २ जना निको भएर डिस्चार्ज भएका छन् ।