संगालोखबर

विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा आज विराटनगर किङ्ग्स र चितवन राइनोज आमनेसामने हुदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा विराटनगर किङ्ग्स र चितवन भिड्न लागेका हुन् ।

Advertisement

अघिल्लो संस्करणमा तेस्रो स्थान हासिल गरेको विराटनगर किङ्ग्सको तेस्रो संस्करणको यो पहिलो खेल हो । त्यसपछि विराटनगर किङ्ग्सले कात्तिक १२ गते कर्णाली याक्स, कात्तिक १४ गते सुदूरपश्चिम रोयल्स, कात्तिक १७ गते जनकपुर बोल्ट्स, कात्तिक १९ गते काठमाडौं गोर्खाज, कात्तिक २६ गते पोखरा एभेन्जर्स र कात्तिक २८ गते लुम्बिनी लायन्ससँग लिग चरणका खेल खेल्ने तालिका छ ।

नेपाली राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछाने नेतृत्वमा रहेको विराटनगर किङ्ग्समा अन्तर्राष्ट्रिय क्रिकेटका अनुभवी खेलाडी छन् । उपाधि जित्ने लक्ष्यसहित टोली मैदान उत्रँदैछ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!