संखुवासभामा दुई जनाको मृत्यु 

संखुवासभामा दुई जनाको मृत्यु 

संखुवासभा । संखुवासभामा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । सिलिचोङ-३ खड्बा खोला नजिकै तेवा भीरबाट लडेर राजन राईको मृत्यु भएको हो । भीरमा चडेर मौरीको मह काढ्ने क्रममा लडेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी हिजो साँझ एक सय ५० मिटर अग्लो भीरबाट लडेका थिए । यसैगरी मकालु गाउँपालिका-२ सेदुवामा एक्स्काभेटर दुर्घटना हुँदा ३० वर्षीय सुरवीर राईको घटनास्थलमै मृत्यु भएको हो । आज बिहान ...
झापा र सुनसरीबाट लागूऔषधसहित चार जना पक्राउ

झापा र सुनसरीबाट लागूऔषधसहित चार जना पक्राउ

विराटनगर । झापा र सुनसरीबाट प्रतिबन्धित लागूऔषधसहित चार जना पक्राउ परेका छन् । उनीहरूलाई हिजो विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भद्रपुर नगरपालिका-३ का २७ वर्षीय विनायक थुलुङलाई पक्राउ गरेको हो ।। उनलाई तीन ग्राम ९१० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । यसैगरी सुनसरीको कोशी गाउँपालिका-१ बाट...
कोशीमा एक पालिका अध्यक्ष र सात वडाध्यक्षका लागि ७६ जनाको उम्मेदवारी 

कोशीमा एक पालिका अध्यक्ष र सात वडाध्यक्षका लागि ७६ जनाको उम्मेदवारी 

विराटनगर । कोशी प्रदेशमा एक पालिका अध्यक्ष र सात वडाध्यक्षका लागि ७६ जनाको उम्मेदवारी दर्ता भएको छ । हिजो विभिन्न राजनीतिक दल र स्वतन्त्रसहित आठ पदका लागि ७६ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । ओखलढुङ्गामा हुने जिल्ला समन्वय समितिको प्रमुखमा भने नेपाली काँग्रेसका टेकराज भट्टराई निर्विरोध निर्वाचित भएका छन् । अन्य उम्मेदवारी नपरेपछि भट्टराई निर्विरोध भएका हुन् । निर्वाचित भएको औपचारिक घोषणा भन...
ओखलढुङ्गा जिल्ला समन्वय प्रमुखमा काँग्रेस उम्मेदवार निर्विरोध

ओखलढुङ्गा जिल्ला समन्वय प्रमुखमा काँग्रेस उम्मेदवार निर्विरोध

विराटनगर । जिल्ला समन्वय समिति ओखलढुङ्गाको प्रमुख पद निर्विरोध भएको छ । नेपाली काँग्रेसका उम्मेदवार टेकराज भट्टराई निर्विरोध निर्वाचित भएका हुन् । हिजो जिसस प्रमुखमा भट्टराईको मात्रै उम्मेदवारी परेको हो । आगामी मंसिर १६ गते हुने उपनिर्वाचनमा अन्य उम्मेदवारी परेको छैन । उनी निर्विरोध निर्वाचित भएपनि औपचारिक घोषणा गर्न बाँकी छ । काँग्रेसको एकल बहुमत रहेको जिससमा एमालेले भट्टराईलाई समर्थन गरेको थि...
जनता माविमा अध्ययनरत बालिकाको मृत्यु, सामान्य बन्दै घटनास्थल 

जनता माविमा अध्ययनरत बालिकाको मृत्यु, सामान्य बन्दै घटनास्थल 

विराटनगर । सुनसरीको खनारमा बसको ठक्करबाट जनता माध्यमिक विद्यालयमा अध्ययनरत छात्राको मृत्यु भएको खुलेको छ । आज दिउँसो ४ः३० बजेतिर बसको ठक्करबाट इटहरी उपमहानगरपालिका-१० की १३ वर्षीया सम्झना यादवको मृत्यु भएको हो । खनारको शान्ति चोकमा मे १ ख ४५७४ नम्बरको यात्रुबाहक बसले साइकलमा सवार  उनलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट उनको घटनास्थलमा नै मृत्यु भएको  सुनसरी प्रहरीका प्रवक्ता डीएसपी रामप्रसाद ति...
सुनसरीको खनारमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु 

सुनसरीको खनारमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु 

विराटनगर । सुनसरीको खनारमा यात्रुबाहक बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । बसको ठक्करबाट स्थानीय सम्झना यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । आज साँझ इटहरीबाट विराटनगरतर्फ आउँदै गरेको मे १ ख ४५७४ नम्बरको बसले यादवलाई ठक्कर दिएको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।दुर्घटनापछि आक्रोशित भीडले बसमा आगो लगाएको छ । चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको नेपाल प्रहर...
ग्रामथानको अध्यक्षमा एक स्वतन्त्रसहित १६ जनाको उम्मेदवारी दर्ता

ग्रामथानको अध्यक्षमा एक स्वतन्त्रसहित १६ जनाको उम्मेदवारी दर्ता

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष पदका लागि १६ जनाको उम्मेदवारी दर्ता भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार दलबाट १६ र एक जनाको स्वतन्त्र उम्मेदवारी दर्ता भएको हो । नेपाली काँग्रेसबाट बलराम सरदार, नेकपा एमालेबाट तुलसीराम विश्वास र नेकपा माओवादी केन्द्रबाट नमो नारायण माझीले मनोनयन दर्ता गराएका छन् । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट दिनेशकुमार थन्दार, राष...
झापामा रड प्रहार गरेर एक जनाको हत्या, आरोपी पक्राउ 

झापामा रड प्रहार गरेर एक जनाको हत्या, आरोपी पक्राउ 

झापा । झापामा रड प्रहार गरेर एक जनाको हत्या भएको छ । बाह्रदशी गाउँपालिका-५ का ४५ वर्षीय गङ्गालाल माझीको रड प्रहारबाट हत्या भएको हो । हिजो राति सोही स्थानका २६ वर्षीय मानकुमार राजवंशीले माझीलाई रड प्रहार गरेको झापा प्रहरीले जनाएको छ । रड प्रहारबाट गम्भीर घाइते भएका माझीलाई उपचारका लागि बी एण्ड सी अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याउन साथ चिकित्सकले मृत घोषणा गरेको झापा प्रहरीका प्रवक्ता डीएसप...
झापामा हात्तीले आक्रमण गर्दा एक जनाको मृत्यु

झापामा हात्तीले आक्रमण गर्दा एक जनाको मृत्यु

झापा । झापामा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । आज बिहान हात्तीको आक्रमणबाट दमक नगरपालिका-३ का ४५ वर्षीय मीनबहादुर भण्डारीको मृत्यु भएको हो । हात्तीले आक्रमण गर्दा भण्डारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । झापा प्रहरीका अनुसार भण्डारीलाई राति २ बजेतिर हात्तीले आक्रमण गरेको थियो । छिमेकीको घरमा आएको हात्ती धपाउन खोज्दा उनलाई आक्रमण गरेको प्रहरीले जनाएको छ ।
स्थानीय तह उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता

स्थानीय तह उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता

विराटनगर । स्थानीय तह उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता गरिदैछ । मनोनयन दर्ताका लागि बिहान १० बजेदेखि बेलुका ५ बजेसम्मको समय तोकिएको छ । भोलि उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ । उजुरीमाथि जाँचबुझ गरी ४ गते बेलुकासम्म निर्णय दिनुपर्नेछ । उम्मेदवारले नाम फिर्ता लिन ५ गते दिउँसो १ बजेसम्मको समय दिइएको छ । ५ गतेनै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ र उनीहरूलाई निर्वाचन चिह्न पन...
मोरङ र झापामा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु

मोरङ र झापामा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु

विराटनगर । मोरङ र झापामा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । हिजो पथरी शनिश्चरे-२ सुनझोडामा टिपरले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो । पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको बागमती प्र ०३-००१ ख २९२८ नम्बरको टिपरले विपरित दिशातर्फ जाँदै गरेको को २० प ६०७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । टिपरको ठक्करबाट मोटरसाइकल चालक पथरी शनिश्चरे–७ का १८ वर्षीय निश्चल आङदेम्बे र पछाडी सवार पथरी ...
साँगुरीगढीको एक परिवारलाई जस्तापाता सहयोग

साँगुरीगढीको एक परिवारलाई जस्तापाता सहयोग

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-३ स्थित क्यान्सरबाट निधन भएकी कमला याखाको परिवारलाई जस्तापाता प्रदान गरिएको छ । हिजो समाजसेवी तथा शिक्षकहरूको समन्वयमा उनका श्रीमान शुक्रबहादुर याखालाई ४० हजार बराबरको जस्तापाता प्रद्यान गरिएको हो । नेपाल उद्योग वाणिज्य सङ्घ धनकुटाका अध्यक्ष विजय सन्तोषी राई, नेपाल शिक्षक सङ्घका अध्यक्ष थीरेन्द्र लिम्बू, नेपाल शिक्षक महासङ्घका जिल्ला सचिव घनेन्द्र बहादुर ...
कोशीका दुई जिल्लामा ४६ हजार गाँजाको बोट नष्ट 

कोशीका दुई जिल्लामा ४६ हजार गाँजाको बोट नष्ट 

विराटनगर । धनकुटा र भोजपुर जिल्लाका बिभिन्न स्थानमा अवैध रूपमा लगाएको गाँजाको बोट फडानी गरी नष्ट गरिएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सुरक्षा सुनिश्चितता अभियान अन्तरगत अवैध रूपमा लगाइएको र आफैँ उम्रिएका गाँजाका बोट नष्ट गरिएको हो । हिजो इलाका प्रहरी कार्यालय छिन्ताङ, भेडेटार, प्रहरी चौकी त्रिवेणी र आँखीसल्लाबाट खटिएको प्रहरी टोलीले सहिदभूमि र साँगुरीगढी गाउँपालिकाको बिभिन्न स्थानम...
इलामलाई हराउँदै आयोजकले जित्यो राजारानी भेट्रान फुटबलको उपाधि

इलामलाई हराउँदै आयोजकले जित्यो राजारानी भेट्रान फुटबलको उपाधि

धनकुटा । आयोजक हाम्रो राजारानी भेट्रान फुटबल क्लबले चौबिसे गाउँपालिकाको केन्द्र राजारानीमा सञ्चालित राजारानी भेट्रान फुटबल प्रतियोगिताको उपाधि जितेको छ । आज भएको फाइनल खेलमा इलाम फुटबल क्लब यु.के. भेट्रान लण्डनलाई २-१ गोलले पराजित गर्दै राजारानी भेट्रानले उपाधि जितेको हो । खेलको ७ औं मिनेटमा लोक चेम्जोङ ले गोल गर्दै राजारानी भेट्रानको खाता खोलेका थिए । मध्यान्तरपछिको ८ औं मिनेटमा लण्डनका नरेन्द...
धनकुटामा एभोकाडो तथा स्थानीय उत्पादनको प्रदर्शनी गरिने

धनकुटामा एभोकाडो तथा स्थानीय उत्पादनको प्रदर्शनी गरिने

धनकुटा । धनकुटामा एभोकाडो तथा स्थानीय उत्पादनको प्रदर्शनी गरिने भएको छ । धनकुटा नगरपालिकाको आयोजनामा आगामी मंसिर ४ गते प्रदर्शनी गर्न लागिएको हो । एभोकाडोसहितका स्थानीय उत्पादनहरूको प्रवर्द्धन तथा कृषक एवं उद्यमीहरूलाई प्रोत्साहनका लागि प्रदर्शनी गर्न लागिएको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले जानकारी दिए । नगरपालिका कार्यालयको प्राङ्गणमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म हुने प्रदर्शनीमा ए...
धनकुटामा सुन्तलाजात अनुसन्धान कार्यक्रमका लागि प्राविधिक नहुँदा काम प्रभावित

धनकुटामा सुन्तलाजात अनुसन्धान कार्यक्रमका लागि प्राविधिक नहुँदा काम प्रभावित

धनकुटा । नेपालको एक मात्र अमिलो जातको अनुसन्धान गर्ने राष्ट्रिय सुन्तलाजात अनुसन्धान केन्द्र धनकुटामा कर्मचारी नहुँदा काम प्रभावित भएको छ । लामो समयदेखि वैज्ञानिक तथा प्राविधिक कर्मचारी नहुँदा अनुसन्धानको काम प्रभावित भएको हो । फलफूलको अनुसन्धान गर्ने मुख्य वैज्ञानिक (एस–५) एक जना र बरिष्ठ वैज्ञानिक (एस–४) एक गरी दुई जनाको दरबन्दी छ । तर कार्यालयमा एक जना मात्रै कार्यरत रहेका छन् । यस्तै बरिष्ठ...
ग्रामथान गाउँपालिकामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

ग्रामथान गाउँपालिकामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । आगामी मंसिर १६ गते हुन लागेको उपनिर्वाचनका लागि ग्रामथानमा कार्यालय स्थापना गरिएको हो । मुख्य निर्वाचन अधिकृत उद्धवप्रसाद भट्टराईले कार्यालय स्थापनासँगै सर्वदलीय छलफल गरेका छन् । छलफलमा राजनीतिक दलले भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । मंसिर दुई गते उम्मेदवारको मन...
धनकुटा नगरमा वाडाङमेटको स्थानीय बिदा

धनकुटा नगरमा वाडाङमेटको स्थानीय बिदा

धनकुटा । धनकुटा नगरपालिकाले भोलि शुक्रबार स्थानीय बिदा दिएको छ । धनकुटामा बसोवास गर्ने आठपहरिया जातिको मुख्य पर्व वाडाङमेटको अवसरमा नगरपालिकाले एक दिन बिदा दिएको हो । स्थानीय आठपहरिया जातिको महान पर्व भएकाले बिदा दिइएको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले जानकारी दिए । ‘आठपहरियाहरुको मुख्य थलो धनकुटा नै हो, उहाँहरूको मुख्य पर्व भएकाले वाडाङमेटमा हरेक वर्ष बिदा दिने गरिएको छ,’ नगर प्रमुख ता...
न्युरो समाजको राष्ट्रिय सम्मेलन विराटनगर र इटहरीमा हुने

न्युरो समाजको राष्ट्रिय सम्मेलन विराटनगर र इटहरीमा हुने

विराटनगर । नेपाल न्युरो समाजको राष्ट्रिय सम्मेलन कोशी प्रदेशमा हुने भएको छ । न्युरो समाजले विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा आज पत्रकार सम्मेलन गरेर भोलि र पर्सि विराटनगर र इटहरीमा एघारौँ राष्ट्रिय सम्मेलन गर्न लागिएको जानकारी दिएको हो । इटहरीको होटल सोल्टीमा भोलि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सम्मेलन उद्‌घाटन गर्नेछन् । पत्रकार सम्मेलनमा समाजका अध्यक्ष तथा वरिष्ठ न्युरो सर...
भोजपुरको टक्सारका धातु उद्योग धमाधम बन्द हुँदै

भोजपुरको टक्सारका धातु उद्योग धमाधम बन्द हुँदै

धनकुटा । कुनै समय टक (डोली पैसा) छापिने तथा धातु उद्योग रहेको भोजपुरको ऐतिहासिक टक्सार बजार सुनसान बन्दै गएको छ । सेवा सुविधा र अवसरको खोजीमा बसाइँसराइ बढेपछि पछिल्लो समय टक्सार बजार सुनसान बन्दै गएको हो । बसाइँसराइसँगै पुरातात्विक तथा कलात्मक शैलीका घरहरू समेत जीर्ण बन्दै गएका छन् । भोजपुर सदरमुकामबाट करिब डेढ किलोमिटर दूरीमा रहेको टक्सार बजारका धातु उद्योगहरू पनि बन्द हुँदै गएका छन् । टक्स...
सांसद राईले दिए १० जनालाई ह्वीलचियर

सांसद राईले दिए १० जनालाई ह्वीलचियर

धनकुटा । पूर्वमन्त्री एवं प्रतिनिधि सभा सदस्य राजेन्द्र राईले अपाङ्गता भएका धनकुटाका १० जना व्यक्तिहरूलाई ह्वीलचियर प्रदान गरेका छन् । एमाले केन्द्रिय सदस्यसमेत रहेका सांसद राईले चौबिसे गाउँपालिकाका छ, पाख्रीवासका दुई तथा सहिदभूमि र धनकुटा नगरका एक/एक जना व्यक्तिलाई ह्वीलचियर दिएका हुन् । अपाङ्गता भएका सहिदभूमि-२ का तिर्थभक्त राईलाई सांसद राईले ह्वीलचियरसहित आफ्नो पारिश्रमिकबाट नगद २५ हजार सहयो...
उदयपुरमा पाँच दलले उम्मेदवार टुङ्गो लगाए

उदयपुरमा पाँच दलले उम्मेदवार टुङ्गो लगाए

उदयपुर । उदयपुरमा दुई वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ । त्रियुगा नगरपालिका-१२ र बेलका नगरपालिका-९ मा रिक्त वडाध्यक्ष पदका लागि हुन लागेको उपनिर्वाचनका लागि पाँच राजनीतिक दलले उम्मेदवार टुङ्गो लगाएका छन् ।  त्रियुगा नगरपालिका-१२ को वडाध्यक्षमा नेपाली काँग्रेसले सञ्जीव काफ्लेलाई उम्मेदवार बनाएको छ । नेपाल कम्युनिष्ट पार्टी  (एमाले) ले लक्ष्मी नारायण चौधरी, नेपाल कम्युनिष्ट पार्टी  (माओवादी ...
धनकुटाका आठपहरिया जातिमा वाडाङमेटको रौनक

धनकुटाका आठपहरिया जातिमा वाडाङमेटको रौनक

धनकुटा । धनकुटामा मात्रै बसोबास गर्ने आठपहरिया जातिको मुख्य पर्व वडाङ्मी (मंसिरे) सुरु भएको छ । यो पर्व तिहारको भाइटीकामा सुरु भई मंसिरे औँसीसम्म मनाउने गर्दछन् । आठपहरिया जातिले बैशाखे, भदौरे र मंसिरे गरि तीन वटा पर्व मनाउँछन् । जसमध्ये यसलाई विशेष महत्व दिएर मनाउने गरेका छन् । यस चाडमा वर्ष दिनभित्र मृत्यु भएका आमा तथा बुवाको दुःखबाट उक्सिने, घरको जेठो छोरा जन्मिएको र नयाँ घर निर्माण गरेकोमा ...
धनकुटा नगरपालिकाद्वारा गत वर्ष सञ्चालित कार्यक्रमको समिक्षा

धनकुटा नगरपालिकाद्वारा गत वर्ष सञ्चालित कार्यक्रमको समिक्षा

धनकुटा । धनकुटा नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा सञ्चालित योजना तथा कार्यक्रमहरूको वार्षिक प्रगति विवरण प्रस्तुत गरेको छ । बुधबार कार्यक्रम आयोजना गरेर नगरपालिकाले योजना तथा कार्यक्रमको वार्षिक प्रगति  प्रस्तुत गरेको हो । आ.व. २०८०/०८१ मा ८१ वटा घटना न्यायिक समितिमा दर्ता भएको उपप्रमुख भिमा देवी खनालले जानकारी दिइन् । न्यायिक समितिले गरेका कामको प्रगति प्रस्तुत गर्दै उपप्रमुख खनालले दर्ता भए...
कोशी ग्यासको सिलप्याक सिलिन्डरमा तौल कम भेटिएपछि…

कोशी ग्यासको सिलप्याक सिलिन्डरमा तौल कम भेटिएपछि…

विराटनगर । मोरङको बुढीगङ्गा गाउँपालिका-४ नेमुवास्थित कोशी ग्यास उद्योगले बिक्रीका लागि पठाएको सिलप्याक सिलिन्डरमा तौल कम पाइएको छ । विराटनगर-३ बुद्धचोकका राजेन्द्र खनालले खरिद गरेको चार वटा सिलिन्डरमा १६ किलो तौल कम पाइएको हो । खनालले आज दिउँसो रिक्सामा डुलाउनेसँग ग्यास खरिद गरेका थिए । ग्यास कम भएको शङ्का लागेपछि उनले प्रहरीलाई खबर गरेका थिए । नाप तौल तथा गुणस्तर कार्यालय विराटनगरका निरीक्षक म...
ग्रामथान उपनिर्वाचन : उम्मेद्वार छानेर चुनावी अभियानमा होमिए दलहरू

ग्रामथान उपनिर्वाचन : उम्मेद्वार छानेर चुनावी अभियानमा होमिए दलहरू

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा चुनावी सरगर्मी बढेको छ । अध्यक्ष पदका लागि हुने उपनिर्वाचनमा प्रमुख दलहरू उम्मेदवारको टुङ्गो लगाएर चुनावी अभियानमा होमिएका छन् । उम्मेदवारको टुङ्गो लागेसँगै दलहरूले मतदातालाई आफ्नो पक्षमा पार्न चुनावी गतिविधिलाई तीव्रता दिएका हुन् । उनीहरूले घरदैलो अभियानसँगै चुनावी प्रचारप्रसार तिव्र पारेका छन् । ग्रामथानमा सबैभन्दा पहिला नेकपा माओवादी केन्द्रले उम्मेदव...
उद्योग सङ्गठन मोरङलाई एशिया प्रशान्तको उत्कृष्ट चेम्बर अवार्ड 

उद्योग सङ्गठन मोरङलाई एशिया प्रशान्तको उत्कृष्ट चेम्बर अवार्ड 

विराटनगर । उद्योग सङ्गठन मोरङले एशिया प्रशान्तको उत्कृष्ट चेम्बर अवार्ड प्राप्त गरेको छ । २७ वढी देशका ८१ वटा औद्योगिक र व्यापारिक चेम्बरलाई पछि पार्दै मोरङले अवार्ड जितेको हो । उद्योग सङ्गठन मोरङले क्यासी अवार्ड लोकल चेम्बर, विग क्याटेगोरी उत्कृष्ट चेम्बरको अवार्ड र दुई हजार डलर प्राप्त गर्न सफल भएको छ । कन्फेडेरेशन अफ एशिया प्यासिफिक चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रिज र सिङ्गापुर म्यानुफ्याक्चर...
कोशीमा बन्यो दुई दलीय संयन्त्र, यस्ता छन् निर्णय

कोशीमा बन्यो दुई दलीय संयन्त्र, यस्ता छन् निर्णय

विराटनगर । कोशी प्रदेशमा दुई दलीय संयन्त्र निर्माण गरिएको छ । सत्तारुढ नेकपा एमाले र नेपाली काङ्ग्रेसको संयन्त्र निर्माण गरिएको हो । दुई दलीय संयन्त्रमा कोशीका संस्थापक मुख्यमन्त्री तथा एमाले कोशी प्रदेश इन्चार्ज शेरधन राईको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णयहरू गरेको छ । संयन्त्रमा एमालेका तर्फबाट प्रदेश इन्चार्ज शेरधन राई, मुख्यमन्त्री हिक्मतकुमार कार्की र पार्टीका प्रदेश अध्यक्ष घनश्याम...
धरानबाट ३०७ किलो गाँजासहित पक्राउ परे कृषि फर्म सञ्चालक राई 

धरानबाट ३०७ किलो गाँजासहित पक्राउ परे कृषि फर्म सञ्चालक राई 

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका-१७ खैरेनीबाट गाँजासहित कृषि फर्मका सञ्चालक पक्राउ परेका छन् । सुप्रिम एग्रिकल्चर कृषि फर्मका सञ्चालक धरान-१३ का ४४ वर्षीय मनिराज राई ३०७ किलो गाँजासहित पक्राउ परेका हुन् ।  कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले कृषि फर्मबाट गएराति गाँजा बरामद गरेको हो ।  गाँजाको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा ...
आठ किलो गाँजासहित दुई जना पक्राउ

आठ किलो गाँजासहित दुई जना पक्राउ

विराटनगर । मोरङको विराटनगर र कटहरीबाट लागूऔषध गाँजासहित दुई जना पक्राउ परेका छन् । गाँजाको कारोबार भइरहेको जानकारी पाएपछि खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले कटहरी गाउँपालिका-१ का ४१ वर्षीय गोपालकुमार राजवंशीको घरबाट पाँच किलो गाँजा बरामद गरेको छ । घरको कोठाभित्र प्लाष्टिकमा पोको पारेर राखेको गाँजासहित राजवंशीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ...
काँकडभिट्टा नाकाबाट पाँच अर्ब भन्दा बढीको प्लाइबोर्ड भारत निर्यात

काँकडभिट्टा नाकाबाट पाँच अर्ब भन्दा बढीको प्लाइबोर्ड भारत निर्यात

झापा । झापाको काँकडभिट्टा नाकाबाट ५ अर्ब भन्दा बढीको भेनियर पत्ती र प्लाइबोर्ड भारत निर्यात भएको छ । २०७९ साउन १ गतेदेखि २०८१ असोज मसान्तसम्म ५ अर्ब ९२ करोड ५ लाख ९२ हजार मूल्य बराबरको भेनियर पत्ती र प्लाइबोर्ड भारत निर्यात भएको मेची भन्सार कार्यालयले जनाएको छ । पहाड क्षेत्रमा पाइने उत्तिस, कदम, मौवा लगायत कमसल मानिने ‘कु-काठ’ बाट भेनियर पत्ती र प्लाइबोर्ड बन्ने गरेको छ । गोलिया काठबाट भेनियर प...
error: Content is protected !!