झापाबाट लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ
झापा । झापाको हल्दीबारी गाउँपालिका-१ बाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । आइतबार साँझ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
प्रदेश १-०१-०१७ प २६१९ नम्बरको मोटरसाइकलमा सवार हल्दीबारी-१ का २० वर्षीय सोनु कर्मकार र दमक नगरपालिका-८ का २३ वर्षीय सक्षम भट्टराईलाई पक्राउ परेका हुन् ।
उनीहरूको साथबाट पाच सय १० मिलिग्राम ब्राउन सुगर ...





























