धनकुटामा उधारो खाएको पैसा माग्दा होटल तोडफोड, एक जना पक्राउ
धनकुटा । धनकुटाको एक होटलमा तोडफोड भएको छ । साँगुरीगढी गाउँपालिका-६ नमस्ते झरनामा सुजन राईले सञ्चालन गरेको होटलमा तोडफोड भएको हो ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार आज बिहानको राति करिब २ बजे सोही स्थानका ३५ वर्षीय अभिषेक श्रेष्ठले होटल तोडफोड गरेका हुन् ।
उनका अनुसार होटलको झ्यालको सिसा तथा ढोकामा क्षति पुगेको छ । इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्...


























