नुनथलामा कपडा बोकेको पिकअप पल्टियो
धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-८ नुनथलामा कपडा बोकेको पिकअप सडकमा पल्टिएको छ । आज बिहान करिब ९ बजे इटहरीबाट कपडा लिएर तेह्रथुम जाँदै गरेको प्र-१-०२-००२ च ७०११ नम्बरको पिकअप पल्टिएको हो ।
प्रहरी चौकी सिधुवाका प्रहरी नायब निरीक्षक नविन प्रधानका अनुसार तुसारोमा चिप्लिएर पिकअप पल्टिएको हो । पिकअप चालक महालक्ष्मी-१ का ३२ वर्षीय हेमकर्ण थापाको सकुशल उद्धार गरिएको प्रधानले जानकारी दिए ।
सडकमा...




























