तेह्रथुम र पाँचथर जोड्ने मोटरेबल पुलको पुनःर्निर्माण सुरु
तेह्रथुम । तेह्रथुम र पाँचथर जोड्ने मोटरेबल पुलको पुनःर्निर्माण सुरु भएको छ । तमोर नदीस्थित लुमुघाटमा १३ वर्षपछि पुलको पुनःनिर्माण सुरु भएको हो । म्याङलुङ नगरपालिकाका प्रमुख सञ्जयकुमार तुम्बाहाङ्फेले करिब १३ वर्षपछि पुल पुनःनिर्माण थालिएको जानकारी दिए ।
सडक विभाग मातहतको पुल सेक्टरले १७ करोड लागतमा उक्त पुल निर्माण गर्ने ठेक्का पाएको थियो । निर्माण कम्पनीले विसं २०६८ असार २६ गते तीन वर्षभित्र न...































