पात्रहरू गलत भएपनि लोकतन्त्र गलत हुन सक्दैन : मेयर तामाङ

पात्रहरू गलत भएपनि लोकतन्त्र गलत हुन सक्दैन : मेयर तामाङ

धनकुटा । धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले पात्रहरू गलत भएपनि लोकतन्त्र गलत हुन नसक्ने बताएका छन् । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा पत्रकार महासङ्घ धनकुटाले आयोजना गरेको कार्यक्रममा बोल्दै मेयर तामाङले यस्तो बताएका हुन् । लोकतन्त्र सबैले आफ्ना कुरा राख्न पाउने व्यवस्था भएको बताउँदै व्यक्तिगत स्वार्थका कारण केही समस्या सिर्जना भएको उनको भनाइ छ । ति समस्या लोकतन्त्रले नल्याएको उनले उल...
पत्रकारद्वय बुढाथोकी र भण्डारी पुरस्कृत

पत्रकारद्वय बुढाथोकी र भण्डारी पुरस्कृत

विराटनगर । सूचनाको हकका लागि लामो समयदेखि क्रियाशील पत्रकार किशोर बुढाथोकी र सुरेन्द्र भण्डारी पुरस्कृत भएका छन् । उनीहरूलाई आज विराटनगरमा आयोजित कार्यक्रममा पुरस्कृत गरिएको हो । यस्तै पत्रकारितामा दीर्घ योगदान पुर्याएका अग्रज यज्ञ शर्मालाई सम्मान गरिएको छ । नेपाल पत्रकार महासङ्घ मोरङले आयोजना गरेको ‘षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार वितरण तथा अग्रज पत्रकार सम्मान समारोह’ मा एक लाख एक सय ...
धनकुटामा भेटियो दुर्लभ ‘किङ कोब्रा’

धनकुटामा भेटियो दुर्लभ ‘किङ कोब्रा’

विराटनगर । धनकुटामा विश्वकै लामो र दुर्लभ मानिने ‘किङ कोब्रा’ भेटिएको छ । महालक्ष्मी नगरपालिका-४ लेगुवामा ‘किङ कोब्रा’ भेटिएको हो । सर्प उद्दारकर्ता प्रदिप श्रेष्ठका अनुसार सम्भवतः धनकुटामा पहिलो पटक ‘किङ कोब्रा’ देखिएको हो । उनले सर्प उद्दार गरेर सुरक्षित साथ घरमा नै राखेको जानकारी दिए । ‘डिभिजन वन कार्यालयलाई खबर गरेको छु । आउँछौँ भन्नुभएको छ’, उनले संगालोखबरसँग भने, ‘तर अहिलेसम्म आउनुभएको छ...
धनकुटाको हाँडीखर्क सामुदायिक वनमा लागेको डढेलो नियन्त्रण

धनकुटाको हाँडीखर्क सामुदायिक वनमा लागेको डढेलो नियन्त्रण

विराटनगर । धनकुटा नगरपालिका-६ स्थित हाँडीखर्क सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा आएको छ । आज बिहानदेखि लागेको ढडेलो करिब डेढ घण्टा अगाडि नियन्त्रणमा आएको हो । डढेलोले वन पैदावारमा क्षति पुगेको वडा नम्बर ६ का वडाध्यक्ष मिलन कुमार खड्गीले जानकारी दिए । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी, दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको उनको भनाइ छ । डढेलोका कारण वन पैदावार बाहेक अन्य केह...
सुनसरीबाट कटुवा पेस्तोलसहित एक जना पक्राउ

सुनसरीबाट कटुवा पेस्तोलसहित एक जना पक्राउ

विराटनगर । सुनसरीबाट कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन् । हरीनगर गाउँपालिका-७ बाट सोही स्थानका २५ वर्षीय सजाद अन्सारी पक्राउ परेका हुन् । बिहीबार विवादका क्रममा उनले पेस्तोल निकालेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । सूचना पाउनसाथ तत्कालै खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेका थियो । कटुवा पेस्तोलसहित पक्राउ परेका उनका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय व...
उदयपुरमा स्कारपियो दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते 

उदयपुरमा स्कारपियो दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते 

विराटनगर । उदयपुरको कटारी नगरपालिका-६ स्थित मदन भण्डारी लोकमार्गमा स्कारपियो गाडी दुर्घटना भएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । दुर्घटनामा झापाको दमक नगरपालिका-३ का ५५ वर्षीय माधब बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ । उनलाई उपचारका लागि कटारी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । चितवनबाट झापा तर्फ आउँदै गरेको  मे १ च ३०४० नम्बरको स्कारपियो बिहीब...
धनकुटामा दौड प्रतियोगिता 

धनकुटामा दौड प्रतियोगिता 

धनकुटा । धनकुटामा दौड प्रतियोगिता भएको छ । क्यूआर धनकुटाको स्थापना दिवसका अवसरमा बिहीबार दौड प्रतियोगिता भएको हो । ‘अब दौडन्छ धनकुटा भन्ने’ मूल नाराका साथ खुल्लातर्फ पाँच हजार मिटर, महिलातर्फ तीन हजार मिटर र भेट्रान्सतर्फ पाँच हजार मिटरको दौड भएको थियो । सबै विधामा दुई सय २८ जना धावकहरू सहभागी थिए । तल्लो टुँडिखेलबाट सुरु भएको दौड तल्लो कोप्चे, बिहीबारे हटिया, माथिल्लो कोप्चे, भीमनारायण चोक, भी...
धनकुटामा आज ज्योति मगरको प्रस्तुती, हाउजी जित्नेलाई बुलेट बाइक

धनकुटामा आज ज्योति मगरको प्रस्तुती, हाउजी जित्नेलाई बुलेट बाइक

धनकुटा । धनकुटाको टुँडिखेलमा जारी भलिवल उत्सव तथा रमाइलो मेलामा आज गायिका ज्योति मगरले सांगीतिक प्रस्तुती दिने भएकी छन् । मेलामा हरेक साँझ साँस्कृतिक कार्यक्रम हुदै आएको छ । आज साँझको कार्यक्रममा गायिका मगरले दर्शकहरुमाझ सांगीतिक प्रस्तुती दिने आयोजक जिल्ला भलिवल संघका अध्यक्ष गौरब कार्कीले जानकारी दिए । गायिका मगरको सांगीतिक प्रस्तुतीसँगै हाउजी विंगो खेल पनि खेलाउने आयोजकको तयारी छ । हाउजीमा ...
गोग्राहा कलेजको आयोजनामा ‘डाटा व्यवस्थापन तथा विश्लेषण’ तालिम 

गोग्राहा कलेजको आयोजनामा ‘डाटा व्यवस्थापन तथा विश्लेषण’ तालिम 

विराटनगर । गोग्राहा कलेज विराटनगरको आयोजनामा ‘डाटा व्यवस्थापन तथा विश्लेषण तालिम’ सुरु भएको छ । उच्च शिक्षामा गुणस्तरीय सुधार र वैज्ञानिक अध्ययन प्रणालीलाई सशक्त बनाउने उद्देश्यले तालिम सुरु गरिएको हो । विश्वविद्यालय अनुदान आयोग सानोठिमी भक्तपुरको सहयोगमा आयोजना गरिएको तीनदिने तालिम बैशाख २० गते शनिबार सम्पन्न हुनेछ । कलेज प्रमुख गोविन्द प्रसाद अधिकारीले पूर्वाञ्चल विश्वविद्यालयसँग सम्बन्धित क...
मजदुरहरूलाई छुन नसकेको ‘मजदुर दिवस’

मजदुरहरूलाई छुन नसकेको ‘मजदुर दिवस’

विराटनगर । ७१ वर्षीय कृष्ण चौधरी, जो दैनिक ज्याला मजदुरीमा काम गर्छन । उनी दिनहुँ विराटनगरको भूमिप्रशासन चोकमा आउँछन् र कामदारको खोजीमा आउनेहरूको प्रतीक्षा गर्छन् । उनको घर विराटनगर-१५ हो । उनी साइकलको पाइडल पेल्दै नियमित कामको खोजीमा निक्लन्छन् । कहिले काम पाइन्छ भने कहिले रित्तो हात नै फर्किनुपर्ने अवस्था आउँछ । उनले यसरी दैनिक ज्याला मजदुरीको काम गर्न थालेको २१ वर्ष भयो । ‘वृद्धभत्ता त आउँछ...
धरानबाट ७ सय ८३ किलो गाँजा लोड गरेको ट्रकसहित दुई जना पक्राउ

धरानबाट ७ सय ८३ किलो गाँजा लोड गरेको ट्रकसहित दुई जना पक्राउ

विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका-१३ निशाने डाँडाबाट गाँजा लोड गरेको ट्रकसहित दुई जना पक्राउ परेका छन् । सशस्त्र प्रहरी बल १ नम्बर बराह बाहिनी मुख्यालय सुनसरी र सुरक्षा बेस धरानको संयुक्त टोलीले सात सय ८३ किलो गाँजा बरामद गरेको हो । गाँजा बरामद भएसँगै ट्रक चालक सुनसरीको बराहक्षेत्रका ३१ वर्षीय मनोज परियार र सह-चालक धनकुटाको सिधुवाका १८ वर्षीय आकाश राई पक्राउ परेका छन् । भेडेटारबाट धरानतर...
एम.एम. कप क्रिकेट : आसामसँग कोशी प्रदेश फराकिलो अन्तरले पराजित

एम.एम. कप क्रिकेट : आसामसँग कोशी प्रदेश फराकिलो अन्तरले पराजित

विराटनगर । मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगितामा पाहुना टोली भारतको आसाम क्रिकेट क्बलले विजयी सुरुवात गरेको छ । विराटनगरको बैजनाथपुर जारी तेस्रो संस्करणको प्रतियोगितामा कोशीलाई ९७ रनले पराजित गर्दै आसामले विजयी सुरुवात गरेको हो । टस जितेर पहिला ब्याटिङ गरेको आसामले ४७.३ बलमा सबै विकेट गुमाउँदै २०९ रन बनाएको थियो । जितका लागि २१० रनको लक्ष्य पाएको कोशीले ३७.२ बलमा सबै विकेट गुमाउँदै ११२ र...
धनकुटामा लडेर वृद्धको मृत्यु

धनकुटामा लडेर वृद्धको मृत्यु

धनकुटा । धनकुटामा लडेर एक वृद्धको मृत्यु भएको छ । चौबिसे गाउँपालिका-१ राजापोखरी टोलका ७४ वर्षीय पदमबहादुर श्रेष्ठको मृत्यु भएको हो । प्रहरीका अनुसार श्रेष्ठ मङ्गलबार दिउँसो घरबाट हिँडेका थिए । आज बिहानसम्म पनि घर नआएपछि खोजतलास गर्ने क्रममा घरबाट करिब सात सय मिटर पूर्व-दक्षिण रवि-राँके-भेडेटार सडक खण्डमा उनी मृत भेटिएका प्रहरीले जनाएको छ । शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटामा राख...
सुनसरीमा सिटी सफारीबाट गाँजा ओसार-पसार, चालक पक्राउ

सुनसरीमा सिटी सफारीबाट गाँजा ओसार-पसार, चालक पक्राउ

विराटनगर । सुनसरीबाट गाँजासहित सिटी सफारी चालक पक्राउ परेका छन् । हरिनगर गाउँपालिका-३ गौतमपुरबाट ४१ किलो गाँजासहित सफारी चालक इनरुवा नगरपालिका-७ का ३० वर्षीय अमिर मियाँ पक्राउ परेका हुन् । मङ्गलबार प्रहरी चौकी घुस्की र अस्थायी प्रहरी चौकी गौतमपुरबाट खटिएको प्रहरी टोलीले प्रदेश १-०२-००४ ह १६४३ नम्बरको सिटी सफारी चेकजाँच गर्दा गाँजा फेला पारेको हो । गाँजा र सफारी प्रहरीले बरामद गरेको छ भने पक्रा...
विराटनगरबाट नक्कली नोटसहित भारतीय युवती पक्राउ

विराटनगरबाट नक्कली नोटसहित भारतीय युवती पक्राउ

विराटनगर । विराटनगर-१३ बाट नक्कली नोटसहित भारतीय युवती पक्राउ परेकी छन् । भारतको बिहार अररियाकी १९ वर्षीया सिम्पी बैसन्ती नक्कली नोटसहित पक्राउ परेकी हुन् । प्रहरीका अनुसार उनले मङ्गलबार विराटनगर-१३ स्थित एक किरना पसलमा सामान किनेकी थिइन् । उनले पसलेलाई पाँच सय भारतीय रुपैयाँ पसलेलाई दिइन् । उक्त नोट नक्कली भएको शङ्का लागेर पसलेले प्रहरीलाई खबर गरेका थिए । सोही आधारमा इलाका प्रहरी कार्यालय रान...
धनकुटामा उधारो खाएको पैसा माग्दा होटल तोडफोड, एक जना पक्राउ

धनकुटामा उधारो खाएको पैसा माग्दा होटल तोडफोड, एक जना पक्राउ

धनकुटा । धनकुटाको एक होटलमा तोडफोड भएको छ । साँगुरीगढी गाउँपालिका-६ नमस्ते झरनामा सुजन राईले सञ्चालन गरेको होटलमा तोडफोड भएको हो । जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार आज बिहानको राति करिब २ बजे सोही स्थानका ३५ वर्षीय अभिषेक श्रेष्ठले होटल तोडफोड गरेका हुन् । उनका अनुसार होटलको झ्यालको सिसा तथा ढोकामा क्षति पुगेको छ । इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्...
धनकुटामा सशस्त्रलाई छलेर भागेको कारबाट गाँजा बरामद

धनकुटामा सशस्त्रलाई छलेर भागेको कारबाट गाँजा बरामद

विराटनगर । धनकुटाको साँगुरीगढी गाउँपालिका-६ बाट सशस्त्र प्रहरी बलले गाँजासहित कार नियन्त्रणमा लिएको छ । आज बिहान धरानतर्फ आउँदै गरेको कारबाट गाँजा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।  सशस्त्र प्रहरी बल नम्बर ६ गुल्म धनकुटा मातहतको नेपाल विपद् व्यवस्थापन वेश मुलघाटबाट खटिएको टोलीले शङ्का लागेर को २ प १७३४ नम्बरको कारलाई रोक्न खोजेको थियो ।  तर नरोकी भागेको कार दुर्घटनाग्रस्त अवस्थामा फेला ...
झापामा पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

झापामा पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

विराटनगर । झापाको भद्रपुर नगरपालिका-२ चारआलीमा पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको बतासीका ३४ वर्षीय दिलिप राजवंशी छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि ओम साइ पाथीभरा अस्पताल भद्रपुर पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । भद्रपुरबाट केचनातर्फ जाँदै गरेको मे १ च ५४४७ नम्बरको पिकअपले विपरित दिशाबाट आउँदै गरेको बीआर ३७ भी २१२७ नम्बरको ...
धनकुटाको महालक्ष्मीमा आज शोक बिदा

धनकुटाको महालक्ष्मीमा आज शोक बिदा

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाले आज शोक बिदा दिएको छ । नगर कार्यपालिका सदस्य पिन्सा रानाको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै नगरपालिकाले शोक बिदा दिएको हो । नगर प्रमुख धुव्रराज रायाले एक सूचना जारी गर्दै आकस्मिक बाहेकका सम्पूर्ण सेवाहरू बन्द रहने जनाएका छन् । रानाको मंगलबार निधन भएको हो ।
विराटनगरमा घरको गेटले किच्दा १० वर्षीय बालकको मृत्यु

विराटनगरमा घरको गेटले किच्दा १० वर्षीय बालकको मृत्यु

विराटनगर । विराटनगर-४ जामुनगाछीमा घरको गेटले किच्दा एक बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार आज बिहान करिब ९ः४० बजे राधाकृष्णमार्ग बस्ने नारायण झाका १० वर्षीया छोरा प्रियान्सुलाई गेटले किचेको थियो । घाइते भएका उनलाई तत्कालै उपचारका लागि नोबेल अस्पताल लगिएकोमा चिकित्सकले बिहान १०ः१५ बजे मृत घोषणा गरेका थिए । मोरङ प्रहरीका अनुसार घरको मुख्य गेट खोल्ने क्रममा गेट लडेर बालकला...
विराटनगरको हाटखोलामा गायक दुर्गेश थापाको ‘लाइभ कन्सर्ट’

विराटनगरको हाटखोलामा गायक दुर्गेश थापाको ‘लाइभ कन्सर्ट’

विराटनगर । विराटनगरको हाटखोला मैदानमा गायक दुर्गेश थापाको लाइभ कन्सर्ट हुने भएको छ । लाइभ इन्टरटेनमेन्ट र भाइरल इभेन्ट इन्टरटेनमेन्टको आयोजनामा बैशाख २६ गते थापाको कन्सर्ट हुने भएको हो । दुबै संस्थाले संयुक्तरूपमा कार्यक्रमको आयोजना गरेको संयोजक सन्तोष महतले बताए । दुर्गेश थापाको कन्सर्टसँगै फेसन शो लगायतका कार्यक्रम पनि राखिएको उनले जानकारी दिए । यस्तै स्थानीय खानाका परिकारको स्टल पनि राखिने उ...
धरानको ग्यारेजबाट चोरी भएको बस विराटनगरमा भेटियो 

धरानको ग्यारेजबाट चोरी भएको बस विराटनगरमा भेटियो 

विराटनगर । सुनसरीको धरानबाट गत बिहीबार राति चोरी भएको बस विराटनगरमा फेला परेको छ । सुनसरीको धरान-८ स्थित एक ग्यारेजमा मर्मतका लागि राखिएको बस चोरी भएको उजुरी परेपछि प्रहरीले खोजी गरिरहेको थियो । इलाका प्रहरी कार्यालय धरानका डीएसपी प्रकाश जबेगुले चोरी भएको बस विराटनगरको बखरीमा भेटिएको पुष्टि गरे । ‘आज बिहान बस फेला परेको हो’, उनले संगालोखबरसँग भने, ‘थप बुझ्ने काम भइरहेको छ । अनुसन्धानपछि बाँकी क...
धनकुटामा औद्योगिक प्रदर्शनी तथा पर्यटन उत्सव हुँदै

धनकुटामा औद्योगिक प्रदर्शनी तथा पर्यटन उत्सव हुँदै

धनकुटा । धनकुटामा औद्योगिक प्रदर्शनी तथा धनकुटा पर्यटन उत्सव हुने भएको छ । आगामी बैशाख २३ गतेदेखि जेठ ५ गतेसम्म प्रदर्शनी तथा पर्यटन उत्सव हुन लागेको हो । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ धनकुटाले आज पत्रकार सम्मेलन गर्दै धनकुटा नगरपालिका-५ स्थित तल्लो टुँडिखेलमा प्रदर्शनी तथा उत्सव आयोजना हुने जनाएको छ । मेलामा कोशी प्रदेशका साना तथा घरेलु उद्योगबाट उत्पादित वस्तुको प्रदर्शनी र बिक्री वितर...
सुनसरीको बर्जुबाट दुई क्विन्टल गाँजासहित दुई जना पक्राउ

सुनसरीको बर्जुबाट दुई क्विन्टल गाँजासहित दुई जना पक्राउ

विराटनगर । सुनसरीको बर्जु गाउँपालिका-३ नहर चोकबाट दुई क्विन्टल गाँजासहित दुई जना पक्राउ परेका छन् । सोमबार राति इलाका प्रहरी कार्यालय सीतागञ्जबाट खटिएको प्रहरी टोलीले भीमपुरबाट अमडुवा तर्फ जाँदै गरेको प्र १-०२-००२ च ५१२६ नम्बरको पिकअप गाडीबाट गाँजा बरामद गरेको हो । प्रहरीका अनुसार छ वटा बोरामा राखिएको अवस्थामा एक सय ९९.३ किलो गाँजा फेला परेको हो । पक्राउ पर्नेमा धनकुटा नगरपालिका-९ का उद्धव भण्...
धनकुटाको महालक्ष्मीका विद्यालय सञ्चालन गर्न विव्यसका अध्यक्षहरूको आग्रह

धनकुटाको महालक्ष्मीका विद्यालय सञ्चालन गर्न विव्यसका अध्यक्षहरूको आग्रह

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालय सञ्चालन गर्न विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूले आह्वान गरेका छन् । आज १५ वटा विद्यालयका विव्यस अध्यक्षहरूले सामूहिक विज्ञप्ति जारी गर्दै यस्तो आह्वान गरेका हुन् । ‘हाम्रा सम्पूर्ण विद्यालयहरूमा कुनै पनि शैक्षिक क्रियाकलाप नभएकोले हामी यस क्षेत्रका सम्पूर्ण अभिभावकहरू आफ्नो विद्यार्थीको पढाई प्रति अतिनै चिन्तित र संवेदनशि...
विराटनगरमा गुडिरहेको टिपरमा आगो लागेपछि…

विराटनगरमा गुडिरहेको टिपरमा आगो लागेपछि…

विराटनगर । विराटनगर-१९ मिलन चोकमा गुडिरहेको टिपरमा आगलागी भएको छ । आज दिउँसो २ः३० बजेतिर प्रदेश १-०२-००१ ख ८५३१ नम्बरको टिपरमा आगलागी भएको हो । विराटचोकबाट सुनसरीको बर्जुतर्फ बालुवा लिएर जाँदै थियो । प्रहरीका अनुसार टिपर सुनसरीको इनरुवा नगरपालिका-३ का ३० वर्षीय साजन सरदारले चलाएका थिए । आगो दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो । आगलागीको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । आगोले टिपरक...
तुम्लिङटारबाट धनकुटा आउँदै गरेको जीप अरुण नदीमा खस्यो

तुम्लिङटारबाट धनकुटा आउँदै गरेको जीप अरुण नदीमा खस्यो

धनकुटा । संखुवासभाको धर्मदेवी नगरपालिका-८ सुर्तीवारीबाट अरुण नदीमा जीप खसेको छ । खाँदबारी-९ तुम्लिङटारबाट धनकुटाको हिलेतर्फ आउँदै गरेको जीप आज दिउँसो करिब ३ बजे नदीमा खसेको हो । पैदलयात्रीलाई ठक्कर दिएपछि अनियन्त्रित भएर जीप अरुण नदीमा खसेको प्रहरीले जनाएको छ । जीपमा तीन जना सवार थिए । नदीबाट तीनै जनालाई उद्धार गरिएको डीएसपी दक्षकुमार बस्नेतलले जानकारी दिए । जीप अरुण नदीमा डुबिसकेको छ । गाडी न...
धनकुटाबाट ट्रकमा लोड हुँदै गरेको नौ क्विन्टल गाँजासहित एक जना पक्राउ 

धनकुटाबाट ट्रकमा लोड हुँदै गरेको नौ क्विन्टल गाँजासहित एक जना पक्राउ 

धनकुटा । धनकुटाबाट ठूलो परिमाणमा गाँजा बरामद भएको छ । आज बिहानको राति करिब १ः३० बजे चौबिसे गाउँपालिका-५ बोधेबाट प्रहरीले नौ सय ४६ किलो गाँजा बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार ना ५ ख ६१५७ नम्बरको ट्रकमा लोड भएको अवस्थामा गाँजा फेला परेको थियो । गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले ३८ वटा प्लाष्टिकको बोरामा पोका बनाएर ट्रकमा राखेको अवस्थ...
संखुवासभामा चट्याङ लागेर १७ भैँसी मरे

संखुवासभामा चट्याङ लागेर १७ भैँसी मरे

विराटनगर । संखुवासभामा चट्याङ लागेर भैँसी मरेका छन् । मकालु गाउँपालिका-३ कालोपातालमा हावाहुरीसँगै परेको चट्याङले १७ वटा भैँसी मरेका हुन् । प्रहरीका अनुसार स्थानीय पुष्पलाल भण्डारी र प्रेमप्रसाद भण्डारीले पालेका भैँसी आइतबार परेको चट्याङ लागेर मरेका हुन् । जिल्ला प्रहरी कार्यालयका अनुसार घटनास्थल दुर्गम क्षेत्रमा पर्छ । प्रहरी टोली घटनास्थलतर्फ आज बिहान प्रस्थान गरेको छ । घटनास्थलमा पुगेपछि प...
मोरङको सुनवर्षीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

मोरङको सुनवर्षीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका-९ लक्ष्मी टोलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । डाइनियाबाट सिक्टीतर्फ जाँदै गरेको बीआर ३९ एच २९५६ नम्बरको भारतीय मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो । दुर्घटनामा सुनवर्षी नगरपालिका-९ का २० वर्षीय साहबन आलमको मृत्यु भएको प्रहरीले जनाएको छ । शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका उनको रङ्गेली अस्पतालमा उपचारका क्रममा म...
धनकुटाबाट जबरजस्ती करणी आरोपमा एक युवक पक्राउ 

धनकुटाबाट जबरजस्ती करणी आरोपमा एक युवक पक्राउ 

धनकुटा । धनकुटामा १६ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । प्रहरीका अनुसार धनकुटा नगरपालिका-१ हिलेका २० वर्षीय  सविन शेर्पा पक्राउ परेका हुन् । उनले बैशाख ३ गते नाबालिकालाई आफ्नै घरमा लगेर ललाइफकाइ गरेर करणी गरेको आरोप छ । प्रहरीका अनुसार बालिकाका बाबुले बैशाख ९ गते छोरीमाथि करणी भएको भनेर जिल्ला प्रहरी कार्यालय धनकुटामा जाहेरी दिएका थिए । सोही आधारमा खोजी ग...
error: Content is protected !!