साँगुरीगढीको छिनाम चोकमा महिला–पुरुष खुल्ला भलिबल प्रतियोगिता हुँदै
धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-७ स्थित छिनाम चोकमा महिला तथा पुरुष खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ । माघे संक्रान्तिको अवसरमा जलदेवी नव छिनाम चोक युवा क्लबको आयोजनामा छैटौँ खुल्ला भलिबल प्रतियोगिता हुन लागेको हो ।
माघ १ देखि ३ गतेसम्म प्रतियोगिता सञ्चालन हुने क्लबका अध्यक्ष दिनेश राईले जानकारी दिए । छिन्ताङ देवी ढाङढुङ्गे मन्दिरको प्रचार-प्रसार तथा पर्यटन प्रवर्द्धनका लागि प्रतियो...































