धनकुटाको पाख्रीबासका युवाको लडेर मृत्यु
धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका-६ का एक युवकको लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा ३२ वर्षीय दीपक रोक्का छन् । पाख्रीबास नगरपालिका-८ स्थित घामेमा रहेको खेतमा काम गर्न असार २२ गते उनी घरबाट हिँडेका थिए ।
केही दिनदेखि सम्पर्क विहीन भएका उनलाई आफन्तले खोजी गर्दा आज बिहान ९ बजे पाखाबाट करिब १० मिटर तल लडेको अवस्थामा भेटेका थिए ।
उनको टाउकोमा गम्भीर चोट लागेको र उपचारका लागि अस्पताल लैजाने...




























